नवलपरासीमा अपराधका बिरुद्ध सरोकारवालासङ्ग अन्तरक्रीया 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
फागुन २६ गते
नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराध नियन्त्रणको बिषयमा बर्दघाट नगरपालिकामा सरोकारवालाहरु बिच अन्तरक्रिया सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्मुलाल श्रेष्ठले सभ्य समाजको निमार्णको लागि सम्पुर्ण सरोकारवाला पक्षहरु लागि पर्नुपर्ने बताउँदै त्यस्ता प्रकारका अपराध नियन्त्रणको लागि नगरपालिकाले लागि परेको बताउनुभयो । त्यस्तै बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले महिला, बालबालिका, जेष्ठ नागरिकले महसुस गर्ने खाले विकास नै वास्तविक विकास हुने भन्दै आफूहरु त्यता तिर लागेको बताउनुभएको थियो । उहाँले विभिन्न कारणहरुले पछिल्लो समय बालबालिकाहरु निराश हुन पुगेको र त्यसको परिणाम स्वरुप लागु औधष सेवन गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो । उहाले जेष्ठ नागरिकहरु सम्मानपुर्वक बाच्न चाहने भएकाले आफूहरुले जेष्ठ नागरिक लक्षित कार्यक्रम बर्दघाट नगरले सञ्चालन गर्न लागेको बताउनुभएको थियो ।
 बर्दघाट नगरपालिकाको सभाहलमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा त्यस्ता अपराध नियन्त्रण सम्बन्धमा रणनिति बनाउन नागरिक र सरोकारवाला पक्षसंग छलफल र अन्तरक्रिया गरिएको  जिल्ला प्रहरी कार्यालयका नवलपरासी पश्चिमका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले बताउनु भयो । उहाँ भन्नू हुन्छ – “प्रहरीले कुनै पनि पीडितलाई न्याय दिन नसक्नु भनेको न्याय मर्नु बराबर हो ।”बर्दघाट क्षेत्र लागुपद्धार्थको हब हुन पुगेको भन्दै त्यसमा निगरानी बढाउन ईलाका प्रहरी कार्यालय बर्दघाटलाई निरन्तर निर्देशन दिने गरेको बताउनुभयो ।
त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले अपराध नियन्त्रण गरी सभ्य समाजको निमार्ण गर्नको लागि जिल्ला प्रहरी कार्यलयसँग हातेमालो गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले अपांगता भएका नागरिकलाई यातायातमा समस्या हुने गरेको, विद्यालयका शौचालयहरुमा धुम्रपानजन्य अवशेसहरु भेटिने गरेको बताउनुभयो । त्यस्तै सहभागीहरुले पछिल्लो समय लागूऔधषको दुव्र्यसनीको समस्या बढ्दै गएको भन्दै मदिरा तथा चुरोट सुर्ति समेतको विक्रि वितरणमा नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रम इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र केसीले संचालन गर्नु भएको थियो ।