तिलोत्तमा /तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सप्ताहब्यापि कार्यक्रम गरेको छ ।नगरपालिकाले शुक्रबार मणिग्राम पुर्व पश्चिम देवदह सडकमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
एक सयौं श्रृंखलाको अवसरमा गरिएको सप्ताहव्यापी कार्यक्रममा बोल्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमाको सुन्दरपहिचान सरसफाइ बाट सुरु गर्न लागिएको बताउनु भयो ।चैत १ गते सरसफाई श्रृंखलाको १ सयौं दिन पूरा हुने हुदा पालिकाले बिभिन्न सप्ताह व्यापि कार्यक्रम गर्दै आएको रचैत्र १ देखि नगरमा कुहिने र नकुहिने फोहोर अलग–अलग उठाउने कार्यक्रमको सुरुवात हुने नगर प्रमुख खाणले जानकारी गराउनु भएकोथियो ।
उहाले कार्यक्रमलाई निरन्तरता दिदै जनचेतनासंगै सरसफाई मा लागिएको यो अभियान निरन्तर चलिरहने खाणले बताउनु भयो । त्यस्तैकार्यक्रममा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरभित्रको फोहोर ब्यवस्थापनमा नगरवासीले पुर्याएको सहयोगप्रति धन्यवाद ब्यक्तगर्नुभएको थियो ।त्यस्तै प्रमुख प्रशाशकिय अधिकृत नारायण अर्यालसहित तिलोत्तमा नगरपालिका भित्रका जनप्रतिनिधि,टोल समिती,आमा समुहनगरवासी लगायतको सहभागितामा भएको कार्यक्रममा अभियानका संयोजक तथा नगरपालिका कार्यापालिका सदस्य सुरेन्द्र श्रीले नगरसरसफाई अभियानलाई तिव्रता दिन लागिएको बताउनु भयो ।आज शुक्रबार सरसफाई सम्वन्धि बक्तृत्वकला साथै चित्रकला कार्यक्रम समेत राखिएको सदस्य सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।












