काठमाडौँ – ९ दलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ ।उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनका शीर्ष तहका नेताहरुको बैठक बस्न लागेको हो।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज मनोनयन दर्ताको समय तालिका छ।निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने भनेपछि गठबन्धनका दलहरूले आपत्ती जनाएका छन् ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको निर्वाचनका लागि हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको बताइएको छ ।












