सहिदमा स्ववियुको सरगर्मी : कस्ले मार्ला बाजी ? बेल्बासे र सापकोटाको उम्मेद्धवारी

प्रकाशित मिति:

सुरेश परियार,फाल्गुन  गते-सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा स्ववियु चुनावको सरगर्मी तिव्र रुपमा बढेको छ । त्रिविले आगामी चैत्र ५ गते लिने स्वतन्त्र विधार्थी युनियनको चुनावलाई लिएर सहिदमा सरगर्मी बढेको क्याम्पसले जनाएको छ ।आगामी चुनावका लागी दुई संघबाट यस क्याम्पसमा उम्मेद्धवारी परेको छ । नेपाल विधार्थी संघको तर्फबाट मनोज बेल्बासे र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियनको तर्फबाट सुमित सापकोटाको अध्यक्षमा उम्मेद्धवारी परेको निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिए ।ने.वि.संघको प्रत्यक्ष तर्फ सचिबमा नारायण न्यौपाने,कोषाध्यक्ष मौषम थापा मगर र सदस्यहरुमा विजय चौधरी,अनिता थारु,उमेश कुमार ठाकुर,सुभाष पाण्डे,बिमला थारु,शिला बस्याल,पुर्ना कुमारी पुनको उम्मेद्धवारी परेको छ ।

यस्तै,अनेरास्ववियुको प्रत्यक्षबाट सचिबमा शिव न्यौपाने,कोषाध्यक्षमा शारदा चालिसे र सदस्यहरुमा प्रसिद्ध भट्टाराई,अपेक्षा तिमिल्सीना,दुर्गा सापकोटा,मिलिना पुलामी,विष्णु बहादुर पुन,ईशा विश्वकर्मा,बादल कार्कीको उम्मेद्धवारी रहेको छ ।क्याम्पसमा ४ विधार्थी संघ दर्ता भएता पनि ने.वि.संघ र अनेरास्ववियुबाट मात्र उम्मेद्धवारी परेको हो ।यस क्याम्पसमा १११५ जना मतदाता रहेका छन् ।चुनावी परिणाम आफनो पोल्टामा पार्न उम्मेद्धवारद्धयले मतदाता विधार्थीहरु संग भोट माग्दै चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा स्ववियु चुनाव कुन समुहले बाजी मार्ला सर्वत्र चासोको विषय बनेका छन् ।चैत्र ५ गते विहान ८ बजे देखि ४ बजे सम्म मतदान गर्ने समय तोकिएको छ । राती १० बजे सम्म मतपरिणाम गर्ने गरि तयारी गरिएको निर्वाचन अधिकृत पौडेलले बताए ।चुनावलाई लिएर सुरक्षा ब्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक ईश्वर बहादुर थापाले जानकारी दिए ।