बर्दघाटमा आगलागीका कारण दुई घर नष्ट 

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने

चैत १ गते

नवलपरासी ।

पश्चिम नवलपरासीको बर्दघाट १३ मझौनीको हडहिया टोलमा आगालागी हुदा दुई ओटा घर जलेर नष्ट भएको छ । मंगलबार मध्यान्ह १२ बजे तिर स्थानिय शान्ती मुसहर र सुकै मुसहरको घरमा आगोलागी भएको हो । आगलागी बाट खपडाले छाएका दुवै कच्चि घर जलेर नष्ट भएको छ भने एक जना घाईते भएका छन् । आगोमा जलेर शुसिला मुसहर घाईते भएको नेपाल रेडक्रश सोसाईटि नवलपरासी जिल्लाका उपमन्त्री सुरज केसिले हामिलाई जानकारी दिनुभयो ।

मुसहरको दुवै हात र शरिरका विभिन्न भागमा आगोले पोलेको छ । एक्कासि लागेको आगोका कारण नगद सहित अन्नपात, लत्ताकपडा, कागजपत्र सबै जलेको छ भने खोरमा रहेका कुखुरा र केहि बाख्रा पनि मरेको केसिले बताउनुभयो । केसि सहित स्थानिय जनप्रतिनिधि लगाएत रेडक्रसको टोली उनिहरुलाई दैनिकि चलाउन अत्यावश्यक केहि समाग्रि प्रदान गरेको छ । आगो स्थानियहरुले नियन्त्रणमा लिएका छन ।  गर्मियाम सुरु भएसंगै आगालागि घटना बढ्ने गरेको छ ।