ओमसतियाका विभिन्न विद्यालयमा पुगे गाउँपालिका अध्यक्ष मन्जित यादव

प्रकाशित मिति:

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गरेका छन् । ओमसतिया गाउँपालिकामा जारी रहेको गाउँपालिका स्तरिय कक्षा ८ को परिक्षा केन्द्रहरुमा अध्यक्ष यादव र उपाध्यक्ष सुनिता चौधरीको अलग अलग टिमले अनुगमन गरेका हुन् ।
विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने र परिक्षालाई मर्यादित एवम सहज बनाउन विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष यादवले बताए ।

गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ’, विधार्थी र अभिभावकहरुलाई आग्रह गर्दै उनले भने, ’यदि कुनै विधालयमा केही कमी कमजोरी छ भने हामीलाई जानकारी गराउनुस् ।’कक्षा ८ को परिक्षा बिद्यार्थीहरुको पहिलो बोर्ड परिक्षा जस्तो भएकोले नआत्तिकन परिक्षा दिन उपाध्यक्ष चौधरीले बिद्याथीहरुलाई सुझाव दिइन ।अनुगमन समिति संयोजक समेत रहेकी चौधरीले कुनै पनि विधालयमा गराईने अध्यापनमा कुनै किसिमको ढिलासुस्ती सह्य नहुने बताईन ।परिक्षा रहे सम्म र शिक्षाको गुणस्तरको बिषयमा आगामी दिनमा अन्य विद्यालयमा पनि निरीक्षण तथा अनुगमन गरिने गाउँपालिका अध्यक्ष यादवले बताए । अनुगमनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी लगायतको सहभागीत रहेको थियो ।