दीपमा शुभकामना कार्यक्रम

प्रकाशित मिति:

चैत–, बुटवल ।बोर्डिङ हाई स्कुलमा मङ्गलबार शुभकामना आदानप्रदान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम एसईई २०७९ मा सहभागी हुने कक्षा १० का विद्यार्थीहरूलाई सफलताको शुभकामना दिन र भयरहित मानसिकता, उत्साह एवम् हौसलाका साथ परीक्षामा सहभागी हुन विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले गरिएको हो ।कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका कार्यालय प्रमुख दिपेन्द्र ढकालले एसईईमा सहभागी हुने विद्यार्थीहरूलाई पढाइको व्यवस्थापन, परीक्षामा सहभागिता, समयको व्यवस्थापन र सफल जीवनका लागि आवश्यक पर्ने विषयका बारेमा उत्प्रेरणा प्रदान गर्दै एसईई परीक्षालाई अन्य परीक्षालाई जस्तै लिएर निर्धक्कका साथ परीक्षा दिन सुझाव दिँदै सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्यसहित विद्यार्थीहरूलाई एसईई सफलताको शुभकामना दिँदै बाँकी दिन परीक्षाको तयारीमा जुट्न निर्देशन दिनुभएको थियो भने कक्षा ९ र १० संयोजक के.बी. खाम्चाले समयको सदुपयोग गरी एसईई परीक्षामा उत्कृष्ट जिपिएका साथ उत्तीर्ण हुन शुभकामना दिनुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईंको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका कार्यालय प्रमुख दिपेन्द्र ढकालको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोँजूको विशिष्ट आतिथ्यता, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, वि.व्य.स. सदस्य वसन्त कुमार जोशी, विज्ञान सङ्काय संयोजक कमल नेपाल, सहायक संयोजक अमर खत्री, कक्षा ७ र ८ का संयोजक कृष्ण भुसाल, ५ र ६ की संयोजक सरिता सोती, कर्मचारी संयोजक सुरेन्द्र अधिकारी, ३ र ४ की संयोजक पार्वती सिंह, १ र २ की संयोजक आशा श्रेष्ठ, नर्सरी र केजीकी संयोजक पुष्पा गैरे तथा सहसंयोजक विजया थापा लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो भने विद्यार्थीहरूका तर्फबाट कसिस पाठकले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् ।