ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट- उपाधि वडा नम्बर ५ लाई

प्रकाशित मिति:

बिबेक बिश्वकर्मा-भैरहवा,  चैत्र-ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि ओमसतिया गाउँपालिका वडा नम्बर ५ले जितेको छ । बिहीबार गाउँपालिकाको वडा नम्बर २ केउटलिया कर्मडाडा स्थित खेलमैदानमा सम्पन्न फाईनलमा ओमसतिया गाउँपालिका वडा नम्बर २ लाई १ विकेटले पराजित गर्दै अध्यक्ष कपको पहिलो शंस्करण जितेको हो ।टस जितेर वार्डनम्बर ५ले क्षेत्र रक्षण(फिल्डींग) गर्ने निर्णय गरेको थियो । उस्ले जितका लागि पाएको ११५ रनको लक्ष्यलाई निर्धारीत १५ ओभरको खेलमा अन्तिम बल बाकी छदा १ विकेटको रोमाञ् चक जित निकाल्दै उपाधि चुमेको हो।वडा नम्बर ५ ले उपाधि सहित ६० हजार रुपैया नगद पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता वडा नम्बर २ले ३० हजार रुपैया र ट्रफी प्राप्त गरेका छन् ।वडा नम्बर ५ को जितमा बिजय यादवले सर्बाधिक ३० रन प्रहार गरे भने बिरु चौधरीले २३, सोनु हरीजनले २१ तथा सुनिल चौधरीले १३ रनको योगदान दिएका थिए ।

बलिंगमा वडा नम्बर २ का तुल बहादुर थापा, बसन्त चौधरी र राकेश गुप्ताले समान २।२ विकेट लिएका थिए ।यस अघि टस हारेर ब्याटिंग गर्ने निम्तो पाएको वडा नम्बर २ ले निर्धारीत १५ ओभरमा १ सय १४ रनको योगफल तयार गरेको थियो । जस्मा राकेश गुप्ताले २६, बसन्त चौधरीले २५, तुल बहादुर थापाले १८, गोबिन्द मल्लाहले १३ रन बनाएका थिए । बलिंगमा वडा नम्बर ५ का सुनिल चौधरी, बिजय यादव, सन्तोष शाहनीले समान २।२ विकेट लिदा दिनेश राई, बिरु चौधरीले एक एक विकेट लिएका थिए ।फाईनल खेलमा म्यान आफ द फाईनल वडा नम्बर ५ का बिजय यादव भए । अनुशासित टिमको पुरस्कार ओमसतिया गाउँपालिकाको कर्मचारी टिम एले प्राप्त गर्न सफल भयो ।
प्रतियोगितामा म्यान अफ द सिरीजको ५ हजार रुपैया सहितको उपाधि वडा नम्बर २का तुल बहादुर थापाले प्राप्त गर्दा वडा नम्बर २ कै खेलाडीहरु अजय यादवले ३ हजार रुपैया सहितको उत्कृष्ट क्षेत्ररक्षण(फिल्डींग) पुरस्कार, तुल बहादुर थापाले ३ हजार रुपैया राशीको उत्कृष्ट ब्याटसम्यान एवं अभिषेक कोहारले ३ हजार रुपैया राशीको उत्कृष्ट बलर घोषित भई पुरस्कार प्राप्त गरे । प्रतियोगितामा लगातार तिन छक्का प्रहार गर्ने खेलाडीहरु तुल बहादुर थापा ५ पटक(वडा २), लाल बहादुर अधिकारी २ पटक(वडा १), बिजय यादव १ पटक तथा हैट्रिक विकेट,( वडा ५), धनञ्जय धवल २ पटक (वडा ४), सन्देश धवल १ पटक( वडा ३), सन्जय धवल २ पटक(वडा ३)ले प्रति हैट्रिक छक्का ५ सयका दरले पुरस्कार प्राप्त गरे । त्यसै गरी एक हातले क्याच समात्ने दर्शकहरु पनि जनही २ सय रुपैया पुरस्कारबाट पुरस्कृत भए । पुरस्कार प्राप्त गर्नेमा निरज मौर्य(४ पटक), उपेन्द्र यादव(१ पटक),सुरेन्द्र यादव (१ पटक) छन् ।

बिजेता तथा उप बिजेता टिमका खेलाडीहरुलाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जीत कुमार यादव (सोनु), उपाध्यक्ष सुनिता चौधरी, प्र्रमुुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, आयोजक सस्था द राईजिंग क्लव अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ता लगायतले ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । ओमसतिया गाउँपालिकाको आर्थिक सहयोगमा द राईजिंग क्लव अफ बर्दिहवाको आयोजनामा चैत्र १ गते बाट सुरु भएको प्रतियोगितामा ओमसतिया गाउँपालिकाको कर्मचारीको २ टिम सहित सवै ६ वार्डका गरी ८ टिमको सहभागिता रहेको आयोजक सस्थाका अध्यक्ष गुप्ताले बताए ।समापन समारोहमा गाउँपालिकाका अध्यक्ष मन्जित यादवले गाउँपालिकाले क्रिकेट सहित अन्य खेल गतिबिधीलाई प्राथमिकतामा राखेको र गाउँपालिकाको आफनै क्रिकेट टिम बनाईने बताए । त्यसै गरी शिक्षा शाखा प्रमुख हरी पोखरेलले सभ्य एवं भब्य तरीकामा क्रिकेट सम्पन्न भएको र खेलाडीले अवसर पाएको बताए ।समापन समारोहको सञ्चालन ओमसतिया गाउँपालिकाका कर्मचारी मनोज यादवले गरेका थिए ।