लुम्बिनी प्रदेशका सांसदहरुलाई दिगो बिकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम

प्रकाशित मिति:

हरिश ढकाल-बुटवल  । दिगो बिकास लक्ष प्राप्तीका लागि श्रोत ब्यबस्थापन सम्बन्धमा लुम्बिनी प्रदेशसभाका सदस्यहरुको भुमिका बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशसभाको आयोजना र संयुक्त राष्ट्र संघिय बिकास कार्यक्रमद्धारा संचालित संसद सहयोग परियोजनाको आर्थिक र प्राबिधिक सहयोगमा सम्पन्न सो अभिमुखिकरण कार्यक्रममा दिगो बिकासका लक्ष र उद्देश्यबारे चर्चा गरिएको थियो ।कार्यक्रममा अर्थ तथा योजनाविदहरुले दिगो बिकासका लक्ष प्राप्तीका लागि निभाउनु पर्ने भुमिकाका बारेमा चर्चा गर्नु भएको थियो । पुर्व अर्थमन्त्री तथा योजनाविद डा. युवराज खतिवडा तथा अर्का अर्थ तथा योजनाविद डा. स्वर्णिम वाग्लेले तिनै तहका सरकारको सहकार्य र समन्वयमा मात्र दिगो बिकास लक्ष हासिल हुने बताउनु भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कृषि पर्यटन उद्योग ब्यबसायलाई समृद्धिको आधार बनाएर अघि बढेमा दिगो बिकासको लक्ष हासिल गर्न सकिने बताउनु भयो । आत्मनिर्भर कृषि उत्पादन र पर्यटन प्रबद्र्धन मार्फत आयआर्जन बढाई मार्फत गरिबी निवारण गर्न सकिने कुरा उल्लेख गर्दै मुख्यमन्त्री गिरीले औद्योगिक बिकास र निर्यातमुलक उत्पादन नै समृद्धिको मार्गदिशा भएको चर्चा गर्नुभयो ।सभामुख तुलाराम घर्तीमगरले थुप्रै संभावनाहरु रहेको लुम्बिनी प्रदेशमा योजना निर्माण र प्रभावकारी कार्यान्वयनको अभावमा समृद्धि र दिगो बिकासको लक्ष हासिल गर्न बाधा पुगेको बताउनु भयो । प्रदेश सरकार र प्रदेश सभा सदस्यहरुको जिम्मेबारीपुर्ण र प्रभावकारी भुमिकाबाट गरिबी निवारणमा टेवा पुग्ने र दिगो बिकासको लक्ष हासिल हुने संभावना रहेको उहाँले बताउनु भयो ।कार्यक्रममा उपसभामुख मेनका केसी खाँड, नेपाली काँग्रेस संसदिय दलका नेता डिल्लीबहादुर चौधरी, प्रदेश सभा सचिवालयका प्रबक्ता सम्झना सुबेदी, संयुक्त राष्ट संघिय बिकास कार्यक्रमका आर्थिक सल्लाहाकार धर्म स्वर्णकारले दिगो बिकास लक्ष हासिल गर्ने उद्देश्यबारे जानकारी गराउनु भएको थियो ।