संसारकोट हरियाली वनमा सम्बर्द्धन प्रणालीमा आधारित कटानको शुभारम्भ 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
चैत्र १२ गते
नवलपरासी । संसारकोट हरियाली सामुदायिक वन बर्दघाट १० अमरदीप टोलमा  वन सम्बद्र्धन प्रणालीमा आधारित कटान कार्यको शुभारम्भ भएको छ ।  आइतबार डिभिजन वन कार्यालय नवपरासी (बसुप)का डिभिजन वन अधिकृत महेन्द्र राज वाग्लेले कटान सुभारम्भ गर्दै कटान र विक्रि वितरण कार्य पारदर्शी गर्नुपर्ने बताउनु भयो । वाग्ले भन्नू हुन्छ -“वन सम्बर्द्धन कार्यक्रम सञ्चालन पछि वन पैदावारको अभाव नहुने भन्दै अपारदर्शी भएको खण्डमा कार्यक्रम नै असफल हुन सक्छ ।”
 सामुदायिक वनको ३ स्थानबाट कटानको कार्य सुरुवात भएको छ । १ सय २५ वटा हरिया र १८ वटा ठलेका रुख गरी कुल १ सय ४३ वटा रुख कटान गरिने बर्दघाट सरावल सव डिभिजन वन कार्यालयका प्रमुख गिरीराज पन्थले बताउनु भयो ।  बन व्यवस्थापन कार्यक्रमले पुराना रुख कटान गरेपछि त्यस ठाउँमा नयाँ विरुवाहरु पुर्नउत्पादन गर्ने तथा हुर्काउने कामलाई पनि अगाडी बढाउनपर्नेमा पन्थले जोड दिनु भयो ।
त्यस्तै वैज्ञानिक वन व्यवस्थापन महासंघ लुम्बिनी प्रदेश महासचिव तथा चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होम बहादुर गुरुङले वनलाई संरक्षण, संबद्र्धन र सदुपयोग गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल पराजुलीले आफूहरुले पारदर्शी रुपमा रुख कटान कार्य सञ्चालन गर्ने भन्दै यस कार्यमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । सामुदायिक वनले ८ हजार घनफिट काठ र ३२ चट्टा दाउरा संकलन गरी विक्रि वितरण गर्नेछ ।