सरस्वती माविमा शिक्षक तथा विद्यार्थीहरुको स्वागत र विदाई कार्यक्रम

प्रकाशित मिति:

दाङ, चैत  । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) दाङमा आज एक कार्यक्रमको आयोजना गरी शिक्षक तथा विद्यार्थीहरुको स्वागत र बिदाई कार्यक्रम गरिएको छ ।कक्षा १२ र डिप्लोमा तह सूचना प्रविधि बिषयमा तेस्रो बर्ष दोस्रो खण्ड छैठौ समेष्टरमा अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । कक्षा ११ र डिप्लोमा तह सूचना प्रविधि बिषयमा प्रथम सेमेष्टर, तेस्रो सेमेष्टर र चौथो सेमेष्टरले आज एक सम्युक्त कार्यक्रमको आयोजना गरी १२ कक्षा र छैठौ सेमष्टरका विद्यार्थीहरुलाई बिदाई गरेका हुन ।

कार्यक्रममा नव नियुक्त शिक्षकहरु उज्ज्वल अधिकारी, सरला शर्मा र रामप्रसाद पार्धेलाई स्वागत तथा लामो समयसम्म अध्ययनपन गराउनु भएका शिक्षकहरु आशिष आचार्य र टिका बस्नेतलाई पनि बिदाई गरिएको छ । स्वागत तथा बिदाई भएर जाने र आउने शिक्षकलाई टिकाअविर र खादा लगाएर स्वागत गरिएको छ । चौथो सेमेष्टरका छात्र योगेश अधिकारीको सभापतित्व एंव विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक हेमराज शर्मा, बिदाई भएर जानु भएका शिक्षक टिका बस्नेत, विद्यार्थीहरु निविन नाथ, नविना विक, देवियानी शाही, पारस न्यौपाने लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।