उपनिर्वाचनमा हराउन पार्टीविरूद्ध सुनियोजित षड्यन्त्र भइरहेको छ : सांसद ढाकाकुमार श्रेष्ठ
काठमाडौं, चैत – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डा। ढाकाकुमार श्रेष्ठले उपनिर्वाचनमा हराउन षड्यन्त्र भइरहेको बताएका छन। बुधबार पत्रकार सम्मेलनमा उनले गत जनवरी फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीविरूद्ध सुनियोजित षड्यन्त्र भएको दाबी गरेका हुन।साथै, उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर गरे ।
यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित योजना हो’ उनले भने ।करिब ५ मिनेट लामो पत्रकार सम्मेलनमा उनले आफ्नो कुरा मात्र राखे । पत्रकारहरुको प्रश्नको जवाफ दिएनन् ।उनले अहिले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य पनि नरहेको भन्दै आफ्नो कारण पार्टीलाई परेको असरप्रति क्षमा मागेका छन् ।












