बुटवल- बैशाख-लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीले मुलुकमा राजनितिक र आर्थिक स्थिरताका लागि प्रमुख दलहरुबीच सहकार्य जरुरी रहेको औल्याउनु भयो ।हिजो देखि देशका विभिन्न परिवर्तन र त्यसलाई स्थापित गर्न कांग्रेस एमाले लगायत मुख्य दलहरुबीच सहकार्यको स्मरण गर्दै आज पनि प्रमुख राजनितिक दलको सहकार्य आवश्यक रहेको सांसद पन्थीले बताउनु भयो ।
दलहरु बिचको खिचातानीले प्राप्त उपलब्धीहरु खतरामा पर्न लागेको र यसको मौका छोपेर एजेण्डा बिहिन शक्तिहरु र परिवर्तन नचाहने शक्तिले टाउको उठाउन थालेकाले जनस्तर बाट पनि दबाब सिर्जना गर्नुपर्ने उहाँले जोड दिनु भयो् ।गुल्मी सिर्सेनी सम्पर्क समाज रुपन्देहिले आज बुटवलमा गरेको भित्तेपात्रो बिमोचन नयाबर्षकोे शुभकामना आदान प्रदान कार्यक्रममा सांसद पन्थीले अब राजनितिक दलहरुले शासकिय ब्यवस्था र संघीयता प्रती जनताको अहिलेको दृष्टिकोण जुन छ यदी यसलाइ समयमै सम्बोधन गर्न नसके बर्तमान ब्यवस्थानै खतरामा पर्ने जिकिर गर्नु भयो ।












