तिलोत्तमा। तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को आयॉजना तथा एस बी भोकेसनल ट्रेनिङ्ग इन्ष्टिच्युटको प्राबिधिक सहयोगमा माघ ३ गते देखि शुरु भएको मन्टेश्वरी शिक्षक तालिम तिलोत्तमा(६ स्थित दुर्गा मन्दिरमा सम्पन्न भएको छ। तिलोत्तमा वडा नम्बर(६ का अध्यक्ष गणेश पाठकको अध्यक्षता रहेको सो तालिम समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा तिलोत्तमा नगरपालिका का मेयर रामकृष्ण खाण र विशिष्ठ अतिथि उपमेयर जागेश्वर देवी चौधरी रहनु भएको थियो।माघ ३ गते देखि चलेको सो तालिम बैशाख ५ गते सम्पन्न भएको हो। तालिम जुनियर मन्टेश्वरी बि प्लस लेभलको चलेको एस बी भोकेसनल ट्रेनिङ्ग इन्ष्टिच्युटकि संचालक सुनिता कार्कीले बताउनुभयो। सो तालिमले रोजगारका लागि र सिप सिकेर आत्मनिर्भर बन्नका लागि महिलाहरुलाई सहयोग पुग्ने समेत बताउनुभयो। सो अवसरमा बोल्दै नगरपालिकाका नगर प्रमुख खाणले महिला हरु अब सिप संगै आत्मनिर्भरता र स्वरोजगार संग जोडिनु पर्ने बताउनुभयो। उहाँले तालिम सिकेर मात्रै रोजगार पाउने भन्ने नभई तालिम पछि आफुलाई उत्पादन संग जोड्नुपर्ने बताउनुभयो। पछिल्लो समय महिलाहरु घरको चुल्हो चौकोमा मात्रै सिमित भै सामाजिक संजालमा ब्यर्थ समय बर्बाद गरेको भन्दै उहाँले सबै महिला उत्पादनमा जोडीए समृद्ध नगरबासीको परिकल्पना पुरा हुने बताउनुभयो।
त्यस्तै आफ्नो शुभकामना मन्तव्य राख्दै नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरीले समग्र महिलाको घर बाटै बिकास हुन जरुरी रहेको बताउनुभयो। उहाँले महिला कुनै पनि कुरामा सक्षम हुनुपर्ने भन्दै आफ्नो स्वरोजगारका लागि समय ब्यबस्थापन गरी सामाजिक जिबनमा जोडिन पर्ने बताउनुभयो। नगर उपप्रमुख चौधरीले तिलोत्तमा वडा नम्बर(६ ले मितव्ययी अपनाउदै प्रभावकारी कार्यक्रम आयोजना गरि महिला स्वरोजगारका लागि बाटो खोल्दिएकोमा वडाका जनप्रतिनिधी तथा कर्मचारीहरुमा धन्यबाद ज्ञापन गर्नुभयो।सो कार्यक्रमको समापन गर्दै तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले महिलाहरुको सिमित कोटामा आएको तालिमलाई बृहत सहभागी बनाई सहज रुपले गहन तालिम दिन सफल भएको बताउनुभयो। उहाँले इन्स्टिच्युटलाइ धन्यबाद दिदै तालिम प्रभावकारी भएको र आगामी दिनमा यसलाई अझै परिष्कृत गर्दै लैजाने समेत बताउनुभयो। वडा नम्बर(६ का ५३ जना महिला सहभागी भएको सो तालिममा मन्टेश्वरी सम्बन्धि सबैखाले सैन्द्धान्तिक एबम व्यवहारिक कक्षा संचालन गरिएको थियो। वडा सचिव कृष्ण बहादुर क्षेत्रीले संचालन गर्नुभएको सो कार्यक्रममा मेयर रामकृष्ण खाण, उपमेयर जागेश्वर देवी चौधरी , वडा आध्यक्ष गणेश पाठक , वडा सदस्य हरु, मन्दिर व्यबस्थापन समितिका जगत पौडेल, टोल बिकासका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी प्रशिक्षार्थिहरुले नृत्य, गायन , नाटक तथा गीत संगीत प्रस्तुत गरका थिए।










