महावीर पुनका जाहेज माग पूरा गराउन सांसद घिमिरेको माग (भिडियो सहीत)

प्रकाशित मिति:

काठमाडौं, वैशाख  । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले राष्ट्रिय आविष्कार केन्द्रका सभापति तथा म्यागसेसे अवार्ड विजेता महावीर पुनले राखेका मागप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको शुक्रबारको आकश्मिक समयमा बोल्दै सांसद घिमिरेले महावीर पुन जस्ता अनुसन्धानमा लागिपरेका व्यक्तिलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा लाग्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।अनुसन्धान गर्न चाहने व्यक्तिलाई सरकारले प्रोत्साहन नगरेको भन्दै भन्दै राष्ट्रिय आविष्कार केन्द्रका सभापति तथा म्यागसेसे अवार्ड विजेता पुनले शुक्रबारबाट आन्दोलन थाल्नु भएको छ । पुनले अनुसन्धानको क्षेत्रमा गरेको योगदान आफैंमा प्रशंसनीय रहेको उल्लेख गर्दैै सांसद घिमिरेले पुनले राखेका जाहेज माग पूरा गराउन सरकार तत्पर हुनुपर्ने बताउनुभयो ।

नेपालमैं अनुसन्धान र आविष्कारको क्षेत्रमा केही गर्छौं भन्ने युवाहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउँदै सांसद घिमिरेले स्वदेशमा अवसर नपाएका कारण कयौं नेपाली युवाहरु विदेशमा पुगेर नयाँ—नयाँ आवष्किारको काममा लागेको उल्लेख गर्नुभयो । ‘त्यसैले महावीर पुन जस्ता अनुसन्धानमा लागिपरेका व्यक्तिलाई आन्दोलन गर्नुपर्ने वातावरण होइन, प्रोत्साहन गर्ने वातावरण निर्माणमा लाग्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’ उहाँले भन्नुभयो ।पुनले सरकारसँग अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याएर नवप्रवद्र्धन र आविष्कार कोषमा राखिनु पर्ने, सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवद्र्धन र आविष्कार प्रवद्र्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने लगायतका माग राखेकोमा ती माग पूरा नभएपछि शुक्रबारबाट आन्दोलन सुरु गर्नुभएको हो ।