राष्ट्रिय सूचना तथा संचार प्रविधी दिवस-२०८० अवसरमा सप्ताहव्यापी कार्यक्रम

प्रकाशित मिति:

हरेक वर्ष मे २ का दिन मनाइने रास्ट्रिय सुचना तथा सञ्चार प्राविधि दिवस लाई यस वर्ष क्यान महासंघ रुपन्देहीले एक साता संम बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ । सुरक्षित सूचना प्राविधि, सुशासन र समृद्धि’ भन्ने मुल नाराका साथ मे २ देखि मे ७ सम्म सप्ताहब्यापी रुपमा मनाइएको राष्ट्रिय सुचना तथा सञ्चार प्राविधि दिवस २०८०’ को अवसरका कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) रुपन्देहीले पहिलो दिन बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा वृहत रक्तदान कार्यक्रम गरिएको क्यान महासंघ रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले जानकारी दिए ।

कार्यक्रममा क्यान महासंघ का निर्वतनमा केन्द्रीय अध्यक्ष नवराज कुँवरले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्थाले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत रक्तदान कार्यक्रम गर्नु आफैमा सकारात्मक सन्देश दिएको बताएका थिए । रक्तदान कार्यक्रमका संयोजक बिष्णुप्रसाद गौतमले क्यान महासंघ रुपन्देही सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताएका थिए । कार्यक्रममा क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्यालले रक्तदान कार्यक्रममा सहभागी सबैलाई धन्यावाद दिएका थिए। राष्ट्रिय सुचना तथा संचार प्रबिधि दिवस लाई भब्यताका साथ मनाउन नेपाल सरकार ,सुचना तथा संचार प्रबिधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण लगायतको सहयोग रहेको छ ।