गल्याङ नगरपालिकालाई कृषि र पशुपालनमा व्यावसायीक कार्यमा सरिक बनाउदै आत्मनिर्भर बनाउने अभियानमा संगै आयआर्जनमा बृद्वि गर्ने पक्षमा आफू रहेको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो ।गल्याङ नगरपालिकाको आयोजनामा आयोजित कृषि तथा पशु स्वास्थ्य शिविर गल्याङ नगरपालिका वडा नं.१० मा उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।नगर प्रमुख भट्टराईले गफ गर्ने होईन काम गर्ने बेला आएको हामीले विगत धेरै बर्ष गफ गरेर समय खेर फालेको स्मरण गराउदै व्यावसायीक रुपमा कृषि उत्पादन,पशु पक्षीको उत्पादनमा आत्मनिर्भर हुने गरी अगाडि वढ्न आग्रह गर्नु भएको थियो ।
उहाँले भन्नु भयो गल्याङ नगरपालिकाको स्रोत साधनलाई प्रयोग गरेर उत्पादनमा बृद्वि गर्ने पक्षमा नगरपालिका लागेको र त्यसमा कृषकहरुलाई स्पि र प्रविधिसंग जोडेर अगाडि वढ्ने कुरा बताउनु भयो ।उहाँले भन्नु भयो नगरलाई दुधमा आत्मनिर्भर बनाईसकेको र अण्डा,माछा,मासु, तरकारीमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेको कुरा बताउनु भया । मंगलबारबाट सुभारम्भ भएको शिविर गल्याङ नगरपालिका भित्रका ११ वटै वडामा सञ्चालन गरिने नगर प्रमुख भट्टराईले बताउनु भयो ।
गल्याङ नगरपालिका वडा नं.१० का वडाअध्यक्ष मुक्ति प्रसाद खनालले भन्नु भयो हामीले मान्छेलाई मात्रै स्वास्थ्य पहुँचमा पु¥याएर हुदैन हामी दैनिक प्रयोग गर्ने बस्तुपनि स्वच्छ सफा हुनु पर्ने कुरा बताउनु भयो ।शिबिरमा कृषि तर्फ माटो परिक्षण ,प्लान्ट क्लिनक, तथा समस्या अनुसारको किट्नासक बिषाधि बितरन हुनेछ । भने पसुसेवा तर्फ बन्ध्याकरण , गोबर परिक्षण ,दुध परिक्षण,रेबिज रोग विरुद्ध खोप लगाउने , औषधि बितरन गर्ने जस्ता कार्य हुने पशुसेवा शाखा प्रमुख शुशिल अर्यालले बताउनु भयो ।आज भएको शिविरमा माटो परिक्षण पि एच परिक्षण २५घर , एन पि के परिक्षण २५ घर धुरी प्ललान्ट क्लिनिक ३० घर घुरी सेवा लिएका थिए ।त्येसै गरि पसु स्वास्थ तर्फ खसी बनाउने १२ घर परिवार रेबिज रोग खोप १५ कुकुरमा , दूध परिक्षण १२ , गोबर परिक्षण १५६ पसुको, उपचार २३४ गाईभैंसी र बाख्रा १८५ वाटालाई औषधि वितरण गरिएको शाखा प्रमुख अर्यालले बताए ।












