दीप बोर्डिङमा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

वैशाख–, बुटवल-पुरुषोत्तम पाण्डेय -दीप बोर्डिङ स्कुलमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल र इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ हाई स्कुलले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको थियो ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपानेले दीप बोर्डिले सामाजिक सेवाको क्षेत्र र रेडक्रसका गतिविधिमा निरन्तर महत्वपूर्ण कार्य गर्दै आएको र आगामी दिनमा थप नवीन कार्यक्रम गरोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो भने विशिष्ट अतिथि रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले दीप बोर्डिङले गर्ने हरेक कार्यक्रम नजिकबाट नियालिरहेको र ती कार्यक्रमले समाजमा सकारात्मक परिवर्तनका लागि काम गरेको भन्दै इन्ट्रयाक्ट क्लबले थप रचनात्मक काम गर्नुपर्ने बताउनुभयो ।विद्यालयका उपप्राचार्य तथा कार्यक्रम संयोजक सुरेन्द्र कुमार शाक्यको अध्यक्षता, उपप्राचार्य द्वय ज्ञानु थापा र कलाधर अर्याल, पूर्व शिक्षक नायक अर्जुनप्रसाद पन्थ लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रोहित शाह र सन्दिप बस्यालले सहजीकरण र पुरुषोत्तम पाण्डेयले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।