बुटवल, वैशाख ।रोटरी क्लव अफ बुटवलको १४ सय ६१ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लवका वर्ष २०२२÷२३ का अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा बिजनेश रहेको थियो ।बैठकमा क्लवका अध्यक्ष बोनिन पियाले भन्सारमा आएर रोकिएको ब्लड कलेक्शन मोवाइल भ्यान नेपाल ल्याउन सरकारी तहमा प्रयास भैरहेको जानकारी गराएका थिए ।
त्यसैगरी बैठकमा बन्दीपुर फेलोसिप यात्रा, आगामी जेठ ६ गते हुन गैरहेको रोट¥याक्ट र इन्ट¥याक्ट क्लवको क्यारियर डेभलपमेन्ट सेमिनारलगतयका विषयमा छलफल भएको थियो । बैठकमा क्लवले यो वर्ष भए गरेका कार्य र अव बाँकी डेढ महिनाको अवधिमा गर्नुपर्ने कार्यक्रमहरुका बारेमा समेत छलफल गरिएको थियो ।त्यस अवसरमा रोटरीयनहरु अजयमान श्रेष्ठ, कृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे, मधुप्रकाश अर्याल, शारदा ज्ञवाली, शिवकुमार ज्ञवाली लगायतले आ–आफ्नो धारणा राखेका थिए ।












