सिन्धुली,जेठ -हराएको कुल र वंशको रक्षा गर्ने मुल उदेश्यले पछिल्लो समयमा सिन्धुली जिल्लामा कुल जगाउने कार्यमा मुडुला कार्की क्षेत्रीहरु क्रियाशिल हुन थालेका छन् ।सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा आयोजित सो जातीको दोश्रो साधरण सभामा सहभागी मौदगल्य गोत्रीय मुडुला कार्कीहरुले आफ्नो कुलको रक्षा गर्न र भाइबन्धुको एकता कायम राख्न कार्कीहरु लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।
सो अवसरमा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका केन्द्रीय सदस्य शंकर कार्की,जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की लगाएतले कार्की क्षेत्रीहरुको वलीदानीपुर्ण र पुरुषार्थपुर्ण ईतिहासको कदर गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।
सो अवसरमा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर कार्की,जिल्ला अध्यक्ष केदारकुमार कार्की,उपाध्यक्ष जितबहादुर कार्की,सचिव लोकबहादुर कार्कीको समेत सहभागिता रहेको थियो ।सिन्धुली जिल्लाको कमलाखोच, सुनकोशी, गोलान्जोर,तीनपाटन र कमलाामाई क्षेत्रमा मुडुला कार्कीहरुको अत्यधिक बसोवास रही आएको छ ।सो कार्यक्रममा भुवन कार्कीको अध्यक्षतामा कमलामाई नगर समितिको समेत गठन गरिएको जनाईएको छ ।












