काठमाडौं, जेठ – कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा आरोहण गरेका छन्। योसँगै उनले सर्वोच्च शिखर सगरमाथा सर्वाधिक पटक चढ्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।उनी मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ।कामिरिता यो सिजन नै दोस्रो पटक सगरमाथा चढेका हुन्। उनी गत बुधबार २७औं पटक सगरमाथा चढेका थिए।,
सर्वाधिक पटक सगरमाथा चढ्ने कामिरिताको कीर्तिमान सोमबार पासाङ दावा शेर्पाको बराबरी गरेपछि कामिरिताले पुनः सगरमाथा आरोण गरेका हुन्।सेभेन समिटका अधिकृत थानेश्वर गुरागाईंका अनुसार, कामीरिता मंगलबार आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुगेका थिए उनी शुक्रबारसम्म काठमाडौं फर्किने भनिएको छ।












