शान्ति नमुनामा प्राविधिक तालिम सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा, जेठ १३ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयमा सञ्चालित वेटर तथा आर्क वेल्डर तालिम सम्पन्न भएको छ ।

तह–१ को ३ सय ९० घण्टाको तालिम गत फागुन २५ गतेदेखि वैशाख ३१ गते सम्म सञ्चालित गरिएको थियो । तालिममा सहभागीहरुलाई शुक्रबार एक कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको छ । तालिममा २० जना वेटर र २० जना आर्क वेल्डरका गरी ४० जनाको सहभागिता रहेको थियो । वेटर तालिममा ओम खत्री, निशान थापा र सुवर्ण वर्माले सहजिकरण गर्नुभएको थियो भने आर्क वेल्डरमा प्रकाश घिमिरे र गणेश न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बोल्दै अहिलेको समयमा हातमा सिप हुने व्यक्तिहरुले सहजै अवसर प्राप्त गर्न सक्ने भन्दै सिपले मान्छेलाई सक्षम र स्वाभिमानी बनाउने बताउनुभयो ।

कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक कुलप्रसाद लामिछाने, सिटिइभिटी संयोजक भीम प्रसाद पाण्डे, डिएचएम संयोजक भोजराज वस्ती लगायतले बोल्दै पढ्दै कमाउदै अभियानमा विद्यार्थीहरुलाई जोड्दै सिपयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लुम्बिनी प्रदेशकाे सहयाेगमा तालिम सञ्चालन गरिएकाे हाे ।