गल्याङ नगर भित्रका बाटोहरु पिच गरिदै

प्रकाशित मिति:

धुलोमैलो र हिलो बेहोर्नु भएका गल्याङबासीले बाटो कालोपत्रे भएपछि सहज हुने भएको छ । स्याङ्जाको नगरपालिका–३, स्थित गल्याङ बजार देखि चिराग टोल,गल्याङ देखि तुलसी भञ्ज्याङ बाटो पिच हुदै छ । भने गल्याङ विपिसी सडक फराक गराउने कार्यक्रम तिब्र रुपमा सञ्चालन भएको छ ।गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले भन्नु भयो गल्याङको सदरमुकाम हाम्रो सिद्वार्थ राजमार्ग संग जोडिएका पूर्व पश्चिमसंग जोडिएका कच्ची सडकहरुको स्तरउन्नती गर्दै स्थानीय स्रोत र प्रदेश र संघ संग समन्वय गरेर सडक सञ्जाल विस्तार तथा निर्माण कार्यलाई अगाडि बढाएको गल्याङ चापाकोट सडक २० औं वर्ष देखि समस्या बन्दै गएको सडक विस्तारका लागि ७० लाखको लागतमा १८० मिटर बाटो निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयका पूर्व अर्थमन्त्री रामजी बराल, कुमार खड्का डिइसाब राम पराजुली र पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख सन्तोस अर्यालसंग समन्वय गरेर बजेट व्यवस्थापन गरेर विकास निर्माण कार्य अगाडि वढाएको कुरा बताउनु भयो ।

नगर प्रमुख भट्टराईले भन्नु भयो साघुरोबाटोहरु अलिकति फराकिलो बनाउने कार्य धमाधम अगाडि बढेको यस कार्यले दुर्घटना न्यून हुने विश्वास लिएको बताउदै यस भन्दा अगाडि पनि माथील्लो गल्याङ देखि तल्लोगल्याङ जानेबाटो मर्मत कार्य सम्पन्न गरेको र गल्याङ बज्रेबाटो निर्माण कार्यका लागि ४ करोड लागतमा सडक निर्माण भएको,करादी तिन्दोबाटे बाटो निर्माण अगाडिी बढाएको गल्याङ चोक देखि चिराग सम्मको सडक निर्माण कार्य तिब्रगतिमा पिच भएको बताउनु भयो ।सडकको विकासले गल्याङको बसाई सराई रोक्ने, खानेपानी, बाटोघाटो,शैक्षिक गुणस्तर, सिंचाई कृषिरोजगारका लागि विभिन्न खाले तालीम सञ्चालन गरेको नाफा प्रोजेक्टसंग ,हेफर प्रोजेक्ट संगसमेत सहकार्य गरेर कृषिजन्य उत्पादनमा जोड दिदै विकास निर्माण कार्य अगाडि बढाउने अभियानमा रहको नगर प्रमुख भट्टराईले बताउनु भयो ।
भट्टराईका अनुसार गल्याङ चिराग टोलमा १२५० इकुवायर मिटर पिच हुने छ भने यता गल्याङ चापाकोट सडक खण्ड १८० मिटर फराक तथा वाल लगाउने नाली बनाउने जस्ता कार्य गर्ने छ भने गल्याङ बज्रे सडक खण्डमा ४ करोडको लगानीमा काम भएको कुरा नगर प्रमुख भट्टराईले बताउनु भयो ।

स्याङ्जाको वालिङ स्थित विकेक एण्ड कुवेर विल्डर्स प्रालिले गल्याङ तीनदोबाटेको सडक निर्माण गरेको र गल्याङ लल्याङ सडक खण्ड पञ्चपुत्र निर्माण कम्पनी कार्य गरेको छ भने गल्याङ नगरपालिकाले आफ्नो स्थानीय स्रोतबाट लगानी १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर आलमदेवी कन्ट्रक्सन एण्ड इन्जिनियरिङले बाटो पिच गर्ने कार्य गरेको गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो ।
स्थानीयबासी शिवराज भण्डारीले भन्नु भयो गल्याङ नगरभित्रका सडकहरु पिच गरिदिदा बसाईसराई रोकीने र बर्षौ देखिको समस्या समाधान भएर जाने कुरा बताउनु भयो ।स्थानीयबासी तेज प्रसाद भट्टराईले भन्नु भयो सडक कालोपत्रे भएपछि सबैको जनजीवन सहज हुने भन्दै नगरपालिकाले स्रहानीय कार्य गरेको प्रति नगर प्रमुख तथा नगरपालिकालाई धन्यवाद दिनु भयो ।उहाँले भन्नु भयो निर्माण कम्पनीले गुणस्तरीय कार्य गरेको र आफूले प्रत्येक्ष रुपमा अनुगमन गर्ने अबसर पाएको पहिले बाटो हिलो र धुलोका कारण सडक छेउछाउमा घर भएका परिवार, विद्यार्थी र यात्रुको स्वास्थ्यमा असर परेको भएता पनि अब भने समस्या समाधान भएको कुरा बताउनु भयो ।बाटोको असुविधाले गर्दा किसानले उत्पादन गरेका कृषिजन्यबस्तुहरु दुध, खसीबोका, गाईभैँसी, राँगा, कुखुरा, अन्नबाली, तरकारी निर्यातमा समस्या हुँदै आएकामा कालोपत्रपछि उत्पादित सामान निर्यातमा समस्या नहुने स्थानीयले बताउनु भयो । उहाँहरुले स्वास्थ्यका हिसाबले पनि छिटो छरितो एम्बुलेन्स सेवा सञ्चालनमा आउने नगर बसले गर्दा यात्रामा सहजता थपिने सडक सुविधा भए समान ढुवानी गर्न सजिलो हुने र ढुवानी लागत पनि घट्ने स्थानीयको अपेक्षा छ ।