लायन्स क्लवका पदाधिकारीलाई अभिमूखिकरण

प्रकाशित मिति:

घोराही, जेठ । लायन्स क्लव ३२५‘ल्’ अन्तरगत एरिया नं. २ का क्लवका पदाधिकारीहरुका लागि अभिमूखिकरण कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भयो । लायन्स क्लव ३२५‘ल्’ एरिया २ का चिफ ध्रुव गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन ३२५‘ल्’का लागि सन् २०२३÷२०२४ का डिष्ट्रिक गभर्नर मुकुट ढकालले गर्नुभएको थियो ।अभिमूखिकरण कार्यक्रममा एरिया नं. २ अन्तरगत रहेका विभिन्न क्लवहरुका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यहरुको सहभागिता थियो । आगामी बर्ष सन् २०२३÷२०२४ का लागि नेतृत्वमा छनौट भएकाहरुलाई क्लव संचालनको तरिका, लायन अन्तराष्र्टियमा रिपोर्टिङ गर्ने तरिका, अध्यक्षको काम कर्तव्य र अधिकार, सचिवले गर्नुपर्ने काम र कोषाध्यक्षले गर्ने कामका बारेमा जानकारी गराइएको थियो ।

उक्त अभिमूखिकरण कार्यक्रममा बोल्दै सन् २०२३÷२०२४ का डिष्ट्रिक गभर्नर मुकुट ढकालले लायन्सको अभियान विश्वव्यापी रहेको भन्दै सेवाका हातहरु असहायहरुका लागि लाग्नुपर्ने बताउनुभयो । उहाँले विश्वमा एक सय पाँच बर्ष अघि देखि सुरु भएको लायनको अभियान नेपालमा ५२ बर्ष अघि अर्थात सन् १९७१ बाट सुरु भएको जानकारी दिनुभयो ।नेपालमा लायन्स क्लवका माध्यमबाट ठूला परियोजना संचालन गरिएको जानकारी दिदैं अहिले पनि लायन्स क्लव ३२५ एन अन्तरगत विभिन्न परियोजनाका लागि प्रस्ताव पठाइएको बताउनुभयो । राप्ती आँखा अस्पतालका लागि करिव डेढ करोडको मेसिन आएको, प्युठान अस्पतालमा डायलासिसका लागि मेसिन आउन थालेको जानकारी दिनुभयो । नियमित रुपमा अनेकौं कामहरु भइरहेको उहाँको भनाई थियो । उहाँले सेवाका लागि लायन्सको स्थापना भएको भन्दै आफ्नो कार्यकालमा बृद्ध बृद्धाहरुका लागि सेवाको विशेष कार्यक्रम संचालन गर्न माथहतका क्लवहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा लायन बर्ष २०२३÷२०२४ का भाइस डिष्ट्रिक गभर्नर विनोद श्रेष्ठ, सचिव उमा थापा मगर, कोषाध्यक्ष तेजप्रसाद अधिकारी, एक्जुकेटिभ चिफ लव अधिकारी, को एक्जुकेटिभ चिफ् युवराज थपलिया लगायतले बोल्नुभएको थियो । लायन्स क्लव ३२५ एन अन्तरगत २४ वटा क्लवहरु रहेका छन् ।लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङको समन्वयमा आयोजना गरिएको अभिमूखिकरण कार्यक्रममा एरिया चिफ डा. भिमसेन गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव भरतराज देवकोटाले गर्नुभएको थियो ।