प्रकाश न्यौपाने
जेष्ठ २४ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानीमा रहेको चिसापानी अस्पतालको अध्यक्षमा ईन्द्र सापकोटा नियुक्त हुनुभएको छ ।सापकोटाले आज पदभार ग्रहण गर्नु भएको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले सापकोटालाई पद हस्तान्तरण गर्नु भएको थियो ।
पदभार ग्रहण पछि बोल्दै नवनियुक्त अध्यक्ष सापकोटाले सस्थाको चौतर्फी बिकास र सबै तहका नागरिकलाई सर्वसुलभ रुपमा अस्पतालको पहुचमा पुर्याउने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।












