बालेनलाई कांग्रेस सांसद थापाको जवाफ– सांसद वडा अध्यक्ष मात्र होइनन्, वडा सदस्य र आम नागरिक पनि हुन्
काठमाडौं, जेठ -नेपाली कांग्रेसका सांसद राजु थापाले सांसद जनताको प्रतिनिधि भएको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद थापाले सांसद वडा अध्यक्ष, वडा सदस्य र आम नागरिक भएको बताएको बताए।बजेटमार्फत सरकारले सांसद विकास कोष ब्युताएपछि काठमाडौं महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत सांसदहरू वडा अध्यक्षको हैसियतमा पुगेको टिप्पणी गरेका थिए।बालेनकै भनाइलाई इंगित गर्दै सांसद थापाले भने, ‘एकजना पपलुलर जनप्रतिनिधिले सांसदलाई वडा अध्यक्ष भन्नुभयो । सांसद भनेको वडा अध्यक्ष पनि हो, वडा सदस्य पनि हो, माननीय पनि हो र आम नागरिक पनि हो।’
यस्तै थापाले बजेटले यथार्थ धरातमा कृषि, जलश्रोत, पर्यटन हाम्रा प्रमुख आधारहरुलाई सम्बोधन गरेको भन्दै तीनै तहका सरकारहरु बजेट कार्यान्वयमा जुट्नुपर्ने बताए। युवाहरुलाई उद्यमी बनाउनका लागि स्टाअर्प अनुदानको अवधारणाले युवापुस्तामा उर्जा पर्दा पैदा भएकाले त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।सांसद विकास कोषअन्तर्गत माननीयलाई आफ्नो क्षेत्रमा विकासका लागि ५ करोड दिने बजेटमा राखिएकोमा अनावश्यक अफवाह फैलाइएको भन्दै थापाले बताए । उनले भने, ‘यसमा यति ठूलो अफवाह फैलाइयो कि सांसदले ५ करोड आफ्नो घर बनाउने जस्तै भनियो । सबैजना ढुक्क हुनुहोस्, यो रकम स्थानीय जनताको समस्या समाधान गर्नका लागि हो, सांसदलाई दिएको यस रकमले जनताको हर समस्यामा मलमपट्टी लगाउने सानो प्रयास मात्र हो।उनले सांसद विकास कोषले गाउँमा रहेका जनताहरु लाभान्वित हुने भएकाले यो कार्यक्रम राम्रो भएको बताए । यस्तै उनले वैदेशिक रोजगारीमा जानेहरुका लागि स्थानीय तहबाटै श्रम स्वीकृती दिने कार्यले पनि स्थानीयलाई सहज हुने उनले बताए।












