रास्वपालाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको रवि लामिछानेको दाबी

प्रकाशित मिति:

काठमाडौं, जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको दाबी गरेका छन्।आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ सालको चुनावमा जित हासिल गर्ने अवस्था देखिएपछि रास्वपालाई विभिन्न दलले विभिन्न स्थानबाट घेराबन्दीको प्रयास भइरहेको दाबी गरेका हुन्। आफूहरूले अघि सारेको विचारलाई मण्डन गरिरहेकाले सबै सतर्क हुनुपर्नेमा उनले जोड दिए।

तपाईहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ सालमा सजिलो हुन्छ उनले भने हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरुले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौं।तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको सभापति लामिछानेले बताए।नागरिकता विधेयक आउनुपर्ने, सबैले नागरिकता पाउनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको तर विधेयकले प्रक्रिया चाहिँ पूरा गर्नुपर्ने आफूहरूले बताउँदै आएको उनको भनाइ थियो।