लायन्स सहयोग

प्रकाशित मिति:

लायन्स क्लब अफ बुटवल क्षितिजले सबैको लागि खाना अभियानको ५० औ हप्ता पूरा गरेको छ । हरेक हप्ताको सनिवार सबैको लागि खाना अभियान संचालन गरेको क्लबले आज ५० औ हप्ता बुटवल उपमहानगरपालिकाकि उप प्रमुख साबित्रा देवि आचार्यको प्रमुख आतिथ्यतामा बुटवल बस पार्क क्षेत्रमा ५० भन्दा बढी ब्यक्तीहरुलाइ खाना वितरण गरेर सम्पन्न गरेको हो ।

लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष पुजन थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले लायन्स क्लब अफ बुटवल क्षितिजले हरेक हप्ता सबैका लागि खाना अभियान संचालन गरेर ५० औ हप्ता पुर्याउनु एकदमै उत्कृष्ट सेवाको कार्य भएको बताउनु भयो साथै यस्तो उत्कृष्ट कार्यको सोच र संकल्प सहित सुरुवात देखि ५० औ हप्ता सम्म ल्याइ पुर्याउने क्लबका अध्यक्ष पुजन थापाको निरन्तरता र मेहनत प्रति क्लब तथा लायन्स डिस्ट्रिकले समेत उच्च मुल्याकन गर्नुपर्ने बताउनु भयो , ५० औ हप्ताको खाना सौजन्य क्लबका सदस्य अर्थोपेडिक डाक्टर सोम आलेकी श्रीमती रिता आलेको जन्मदिनको अवसरमा गर्नुभएको थियो सोही कार्यक्रममा क्लबका अध्यक्ष पुजन थापा द्वारा संचालित थापा फर्निचर , क्लबका निर्वाचित अध्यक्ष लायन धुर्ब शर्मा , लायन डाक्टर सोम आले र लायन शंकर गैरेको तर्फबाट ब्रेन ट्युमर भएका बालक विश्व केसिको उपचार सहयोगार्थ नगद रु ३०, १०० तीस हजार एक सय रुपैया बालकको आमालाइ प्रदान गरिएको क्लबका द्वितीय उपाध्यक्ष प्रबिन्द्र गोबिन्द श्रेष्ठले बताउनुभयो।