खानेपानी बस्तीमा पुगेपछी खुशीयाली …

प्रकाशित मिति:

राम प्रसाद भण्डारी / गुल्मी । लामो समय देखि खानेपानी समस्या रहेको धुर्कोट गाउँपालिका वडा नम्बर ५ स्थित बस्तुको हर्रेमा खुशीयाली छाएको छ । लामो समय देखि खानेपानीको समस्या भोगिरहेका हर्रेका १०८ घरधुरीमा लिफ्टिङ खानेपानी मार्फत एकघर एकधारा कार्यक्रम उद्घाटन भएको छ ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले चुनावकै समयमा खानेपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । फलस्वरूप उक्त प्रतिबद्धता पूरा भएपछी स्थानियमा उत्साह छाएको छ । जनतन पढेरो र पानी धाराको लाइनमा बसेर एक गाग्री मात्र भरिने उक्त ठाउँका स्थानियले खानेपानी लिफ्टिङ मार्फत पुगेपछी खेतीपाती गर्न समेत सहज बनेको हो । सरर……  खानेपानी घरमै पुगेपछी स्थानिय सरकार गाउँमै भएको अनुभुती त्यहाँका स्थानियले गरेका छन ।

लिफ्टिङ धारा उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल उपाध्यक्ष सीता गिरी बस्तुका वडा अध्यक्ष केशवराज भण्डारी निवर्तमान वडा अध्यक्ष ढुंडीराज भण्डारी , वडा सदस्य रुमाकान्त पाण्डे , समाजसेवी कृष्ण भण्डारी एवम स्थानीय समाजसेवीको उपस्थिती रहेको थियो ।