सनराइज बैंकद्धारा निःशुल्क आँखाशिविर सञ्चालन

प्रकाशित मिति:

सनराइज बैंक लिमिटेडले रुपन्देहीमा रहेको तिलोत्तमा आई केयरको प्राविधिक सहयोगमा रुपन्देही जिल्ला शुद्धोधन गा.पा. वडा न. ०७, मानमटेरिया स्थित श्री जनता माध्यामिक विद्यालयमा निःशुल्क आँखाशिविर सञ्चालन गरेको छ ।बैंकका योगीकुटी शाखाले श्री जनता माध्यामिक विद्यालयमा सञ्चालन गरेको शिविरमा विद्यार्थी, शिक्षक र अभिभावक गरी २४१ जनाले आँखाको परीक्षण गराएका छन् ।
शिविरमा आँखा परीक्षण गराएका विद्यार्थी, शिक्षक र अभिभावकलाई आँखाको चेकजाँच साथै चश्मा र औषधी वितरण लगायत शल्यक्रियाका लागि आवश्यक परामर्शदिने काम भएको बैंकले जनाएको छ ।

निःशुल्क आँखा शिविरको उद्घाटन बैंकको लुम्बिनी प्रदेश ५ प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथि सुनिल मण्डल र विद्यालयको प्रधानाध्यापक सरस्वती साहनीले गर्नुभएको थियो । उक्त कार्यक्रमका बिशिष्ठ अतिथि योगीकुटी शाखाका शाखा प्रबन्धक नविन थापाले संचालन गर्दै अगामी दिनमा पनि यस बैंक तथा शाखाबाट थप अरु श्रेत्रमा पनि सहयोग गरिने प्रतिवद्घता व्यक्त गर्नुभएको थियो ।हाल बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना १० लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।