काठमाडौं- प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ। शुक्रबारको सुनुवाइ समितिको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।
संसदीय सुनुवाइ समितिले बिहीबार र शुक्रबार कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो। त्यसपछि समितिले उनकोृ नाम अनुमोदन गरेको थियो८ महिना कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरेका उनी साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन्।अब कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।












