चापाकोटका पूर्व मेयरको दाहसंस्कार ४ गते हुने

प्रकाशित मिति:

स्याङ्जा – असार । नेपाली काँग्रेस स्याङ्जाका नेता तथा चापाकोट नगरपालिकाका पूर्व नगर प्रमुख शिव कुमार गिरीको शुक्रवार सडक दुर्घटनावाट निधन भए पछि नेपाली काँग्रेस स्याङ्जाको आकस्मिक वैठक बसेर शोक मनाउने निर्णय गरेको छ । शनिवार विहान बसेको वैठकले स्वर्गीय गिरी प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । नेता गिरीको सम्झनामा ३ दिन पार्टी कार्यालयमा झण्डा झुकाई १३ ओैं दिन सम्म पार्टीका ओैपचारिक कार्यक्रम स्थगित गरिएको छ । आजै पार्टीले शोक विज्ञप्ती प्रकाशित गरेको छ । नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती केदार काफ्ले र सचिव दामोदर लम्सालद्वारा हस्ताक्षरित विज्ञप्तीमा मिति २०८० साल असार १ गते शुक्रबार राती नेपाली कांग्रेस स्याङ्जाका नेता शिव कुमार गिरी चापाकोट नगरपालिका देखी पुतलीबजार नगरपालिका स्याङ्जा आफ्नै निवास मा आउने क्रममा करिव १०:४५ बजे पुतलीबजार न.पा. १० राइखोला (वरजा) नजिक आस्कस्मीक दुर्घटना भई तत्काल स्याङ्जा जिल्ला अस्पतालमा उपचारको क्रममा सोही राति ११:४५ मा दुःखद निधन भएकोमा नेपाली कांग्रेस स्याङ्जा गहिरो दुःख व्यक्त गर्दछ ।

दुःखको यस क्षणमा सम्पूर्ण पार्टी पंक्ती शोक सन्तप्त परिवार जन प्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाली कांग्रेस स्याङ्जा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।स्वर्गीय नेता शिव कुमार गिरी नेपाली काँग्रेस स्याङ्जाको महाधिवेशन प्रतिनिधी त्यसैगरि चापाकोट नगरपालिका स्याङ्जा का निर्वतमान नगर प्रमुख, नेपाली काँग्रेस स्याङ्जाका पूर्व सचिव, नेपाली कांग्रेस का पूर्व महासमिति सदस्य, तत्कालिन मल्याकोट गा.वि.स.का अध्यक्ष, नेपाल तरुण दल स्याङ्जाका पूर्व अध्यक्ष, नेपाल विद्यार्थी संघ स्याङ्जाका पूर्व अध्यक्ष, तत्कालिन जिल्ला विकास समितिका सदस्य, शान्ति समिति स्याङ्जाका जिल्ला अध्यक्ष, मल्याङ्कोट चिन्नेवास शेखाम सामुदायिक विद्युतका अध्यक्ष, राम मन्दिर मा.वि. मल्याङ्कोट का पूर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व मा रहि सामाजिक कार्य गर्दै आइरहनुभएको थियो ।

उहाँको यस दुःखद निधनले नेपाली कांग्रेस स्याङ्जा एक अभिभावक गुमाएको र उहाको अभाव सदैव खड्किने महशुस भएको छ ।साथै दिवगंत नेता शिव कुमार गिरीको शोकमा नेपाली कांग्रेस, स्याङ्जको झण्डा ३ दिन सम्म झकाई उहाँको १३ औं पूण्य तिथि का दिन सम्म पार्टिको सबै अपौचारीक कार्यक्रम हरु स्थगित गरिएको छ । उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली मिति २०८०/०३/०४ गते सोमवार विहान ११:०० बजे देखी दिउँसो १:०० बजे सम्म पार्टी कार्यालय, स्याङ्जामा राखिने, त्यस पश्चात शव यात्रा गरि चापाकोट नगरपालिका वि.पी चोकमा अन्तिम श्रद्धाञ्जली दिई दामाचौर ज्याग्दी घाटका अन्तिम दाहासंस्कार गरिने कार्यक्रम रहेकोले यहि शोक विज्ञप्ती मार्फत सम्पूर्ण पार्टी पंक्ति र शुभेच्छुकहरुलाई शहभागि हुन अनुरोध गर्दछौं । भनिएको छ