रीमा बि.सी.- रुपन्देही असार १२ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देहीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम असार १२ गते बुटवलमा सम्पन्न भएको छ ।इन्सेक रुपन्देहीले गत पुस १७ गतेदेखि असार ११ गतेसम्म जिल्लामा सङकलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको विषयमा विभिन्न बहुक्षेत्रिय सरोकारवालाहरुबीच समीक्षा गरिएको छ ।इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन पुर्व वर्षको दुई पटक बहुक्षेत्रिय सरोकारवाला निकायहरूका बिच पुर्नर पुष्टि गर्ने कार्य अनुरुप समीक्षा गर्दै आएको छ ।उक्त अवधिमा जिल्लामा ३ सय ३१ ओटा घटना अभिलेख गरिएका छन् । जसमध्ये सबै अन्य पक्षबाट हुने घटनाहरु रहेको इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले भएको तथ्यांक प्रस्तुत गर्दे बताउनुभयो
इन्सेक अभिलेख अनुसार बालबालिका सम्बन्धी बलात्कारका २६ वटा, यौन दुरव्यवहारका ६ वटा गरी जम्मा ३२ वटा, महिला सम्बन्धी बलात्कार ८ वटा र बलात्कार प्रयास ७ वटा गरी जम्मा १५ वटा गरी जम्मा ४७ वटा रहेका छन् । त्यस्तै मानव बेचविखन तथा ओसार पसारका ५ वटा, पारिबारिक हत्या ४ वटा, बालिका हत्या परिवार १ जना, अपहरण तथा शरिर बन्धक १, बहुविवाह ८ जना, जवरजस्ती गर्भपतन १ जना र घरेलु हिंसाबाट २ सय ६४ जना पीडित रहेको इन्सेकले अभिलेख गरेको तथ्याङक प्रस्तुत गर्नभएको थियो ।कार्यक्रममा राष्टिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सोमनाथ सुवेदीले इन्सेकको देशैभरी नेटवर्क भएको र मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दे आएको रुपन्देही जिल्लामा रहेर मानवअधिकारको क्षेत्रमा सक्रिय रही लोभ लाग्दो काम गरेको भन्दै रुपन्देही प्रतिनिधि रीमा बि.सी.लाई प्रसंशा गर्नुभयो ।
प्रमुख सुवेदीले मानवअधिकारको क्षेत्रका कुरा गर्दा इन्सेकको पहिलो श्रेणीमा नाम आउने गरेको र आफुहरुले पनि इन्सेकका साथीहरु को हुनुहुन्छ भनेर सहकार्य गर्दे आएको बताउनुभयो । उहाँले मानवअधिकार संस्कृतिको विकास गर्नका लागि इन्सेकको महत्वपूर्ण भूमिका रहेकोले आगामी दिनमा अझै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख मोहन जोशीले इन्सेक रुपन्देहीले प्रस्तुत गरेको तथ्यांकमा आधारित प्रस्तुतीले मानवअधिकारको समग्र अवस्थाको चित्रण गरेको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो । उहाँले मानवअधिकारको अवस्था विगतको तुलनामा सुधार भएको भए पनि सन्तोष गर्ने ठाउँ नभएको भन्दै इन्सेकले नेपाल मानवअधिकार पुस्तक प्रकाशन गरी राज्यका सबै निकाय र सरोकारवालाहरुलाई जवाफदेही र उत्तरदायी बनाउने काम गरेको भन्दै मानवीय विकास नहुँदासम्म समाजमा विभिन्न खालका समस्या भैरहने बताउनुभयो ।
इलाका प्रहरी कार्यालयका डिएसपी दान बहादुर थापाले नेपाल प्रहरी मानवअधिकारको हिसाबले अत्यान्त्यै संवेदनशिल भएर काम गरिरहेको बताउदै नेपाल प्रहरीले मानवअधिकारमैत्री नीति बनाएर काम गरिरहेको बताउनुभयो ।डिएसपी थापाले प्रहरीको जिम्मेवारी शान्ति सुरक्षा कायम गर्नु, सबै नागरिकलाई विभेदरहित व्यवहारमा सेवा दिनु प्रमुख दायित्व भएको भन्दै प्रहरी जहिले पनि मानवअधिकारमैत्री व्यवहार गर्नुपर्छ भन्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।कार्यक्रममा जिल्ला बालसुधार केन्द्र रुपन्देहीका प्रमुख कल्पना अर्यालले कानूनमा परेका बालकहरुलाई राख्ने ठाउसाँधुरो भएको र बालमैत्री सेवा प्रवाह गर्न नसकेकोले राज्यमा ध्यान पुरयाउनका लागि पहल गरिदिन इन्सेकलाई आग्रह गर्नुभयो ।कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका शाखा अधिकृत धनिश्वर पन्थीले सामुदायिक विद्यालयमा शिक्षक र विद्याथीहरुको अनुपात वेमेल हुँदा सामुदायिक विद्यालयमा पनि सामान्य शुल्क लिएर विद्यालय संचालन गरिरहेको बताउनुभयो ।सरकारले ३५, ४० वर्ष अगाडीको शिक्षकको दरबन्दीले विद्यालय धान्नुपर्ने बाध्यताले गर्दा भएका कारण पनि समस्या भएको भन्दै अहिले पनि रुपन्देही जिल्लामा ७ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर भएको भन्ने छ त्यो चुनौतीका रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार गोविन्द खनालले सरकारले निर्माण गर्ने भौतिक संरचनाहरु अहिले पनि मानवअधिकारमैत्री, अपांगतामैत्री नभएको, भौतिक विकास मात्र विकास हो भन्ने मानसिकता तीनै तहका सरकारहरुमा नहटदासम्म मानवअधिकारको संस्कार हुन नसक्ने भन्दै यस्ता विषयमा गंभिर हुन सरकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले इन्सेकले लामो समयदेखि मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रहणी र नेतृत्वदायी संस्था भएकोले मानवअधिकारको संरक्षण, प्रवद्र्धन र परिपूर्तिका लागि राज्य र सम्बन्धित राजनीतिक दलहरुलाई खबरदारी गर्दे आएको भन्दै मानवअधिकारको उल्लंघनकर्तालाई आफ्नो पार्टीले कुनै पनि हालमा संरक्षण नगर्ने बताउनुभयो ।त्यसै गरी नेपाली काग्रेसका नगरउपसभापति ज्योति भण्डारीले मानवअधिकारको संस्कृति विकासका लागि इन्सेकले महत्वपूर्ण भूमिका खेलेको भन्दै मानवअधिकार संस्कृतिको विकासमा जोड दिन पार्टीको तर्फबाट प्रतिवद्ध रहेको बताउनुभयो ।नेकपा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जि.सी. आफ्नो पार्टी मानवअधिकारको विषयमा संवेदनशिल भएको र आफ्ना पार्टीका नेता कार्यकर्ता कसैले मानवअधिकारको उल्लंघन गरेमा त्यस्तालाई कारवाहीका लागि सहयोग गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो ।कार्यक्रममा उपभोक्ताहित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुद्र जि.सी., पारदर्शी सरोकार केन्द्रका सचिव दिपक ढकाल, यौनिक तथा लैगिंक अल्पसंख्यक अधिकारकर्मी आनिक राना, पत्रकार डिबि सुस्लिङ्ग, दलित अधिकारकर्मी मनु खडका, लगायतले मानव अधिकार वर्ष पुस्तक समाजको ऐना भएको बताउदै यसलाई थप प्रभावकारी र विशश्वनीय बनाउन सत्य तथ्य घटनालाई अभिलेख गर्न आग्रह गरेका थिए ।












