इलाममा योगेश भट्टराईमाथि पहिचान पक्षधरबाट आक्रमणको प्रयास

प्रकाशित मिति:

काठमाडौं, असार- एमाले सचिव योगेश भट्टराईमाथि इलाममा पहिचान पक्षधरबाट आक्रमणको प्रयास भएको छ।कोशी नामकरणप्रति असन्तुिष्ट जनाउँदै आन्दोलन गर्दै आएकाहरूले भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन्। उनीहरुले ुपहिचान विरोधी होसियारु भन्दै भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए। उनीहरुले कालो झण्डा पनि प्रदर्शन गरेका थिए।

भट्टराई ७२औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए।कोसी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गरिरहेका छन्।