राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौं-रवि लामिछाने

प्रकाशित मिति:

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन्। भरतपुरमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए।हामी अस्थिरताको खेलमा छैनौं। मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।रास्वपा अहिले संगठन निर्माणका क्रममा रहेको बताउँदै संगठन निर्माणसँगै रास्वपाले सरकारका कामप्रति निरन्तर खबरदारी गरिरहने उनले बताए।

उनले सरकारले ल्याएको बजेट पास भए पनि यसले जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी गरे। उनले भने, ‘अहिले मुलुकको जुन अवस्था छ। अवस्था सुहाउँदो बजेट बनोस् भन्ने हाम्रो चाहना थियो। तर, त्यो हुन सकेन। बजेट संसदबाट पास हुनुलाई स्वाभाविकरुपमा लिएको बताउँदै उनले अहिलेको बजेट नियमित बजेट जस्तो मात्र भएको बताए।