लायन्स क्लब अफ बुटवल तिनाउको अध्यक्षमा लायन अरुण खनाल चयन, पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

लायन्स क्लब अफ बुटवल तिनाउको वर्ष २०२३÷२४ को अध्यक्ष पदमा ला.अरुण खनाल सर्वसम्मत चयन हुनुभएको छ । सोमबार बुटवल, मिलनचोक स्थित होटल एभरेष्ट ईनमा सम्पन्न भएको एक कार्यक्रममा अन्य २४ पदाधिकारीसहित उहाँ अध्यक्ष बन्नुभएको हो । यसैबिच चयन हुनुभएका अन्य पदाधिकारीमा सचिव लायन केशवराज ज्ञवाली, सह–सचिव लायन प्रकाश बस्याल, कोषाध्यक्ष लायन गुन बहादुर गाहा, सह–कोषाध्यक्ष लायन सम्झना पौडेल, प्रथम उपाध्यक्ष लायन कृष्ण बहादुर पुन, द्धितिय उपाध्यक्ष लायन अनन्त न्यौपाने, तृतीय उपाध्यक्ष लायन सुदिप न्यौपाने, चौथो उपाध्यक्ष लायन खुमराज खड्का र पाँचौ उपाध्यक्षमा लायन नारायण बस्याल चयन हुनुभएको छ । यसैगरी अन्य सदस्यहरुमा लायन कविता गौतम, लायन टिकाराम न्यौपाने, लायन सागर न्यौपाने, लायन ललित मगर, लायन नेत्र न्यौपाने, लायन सुमन घिमिरे, लायन रमेश भट्टराई, लायन सन्तोष आचार्य, लायन विना मगर, लायन अमृत घिमिरे, लायन खुमराज बस्याल, लायन कुलचन्द्र भट्टराई, लायन सुमित के.सी., लायन महेन्द्र पौडेल तथा लायन मुकेश पोखरेल चयन हुनुभएको छ । यसैगरि सल्लाहकारमा लायन चिरञ्जिवी अधिकारी, लायन भरत गैरे तथा लायन ईश्वर गिरी हुनुहुन्छ । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष खनालले आगामी वर्ष यो क्लबलाई यस क्षेत्रकै उत्कृष्ट क्लब बनाउने अठोटसहितका २३ वटा कार्यक्रमसहितको वार्षिक कार्ययोजना सार्वजनिक गर्दै सम्पूर्ण लायन मित्रहरुलाई एक भएर कार्यक्रमहरुमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

यसैगरि सम्पन्न भएको पदभार हस्तान्तरण कार्यक्रममा नि.वर्तमान अध्यक्ष लायन ईश्वर गिरीले वर्ष २०२३÷२४ का अध्यक्ष लायन अरुण खनाललाई लायन्स क्लब अफ बुटवल तिनाउको सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा भएका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरि प्रमुख अतिथिको रुपमा बोल्दै यसै क्लबका चार्टर प्रेसिडेण्ट तथा जोन चियरपर्सन, डिष्ट्रिक डिपार्टमेण्ट मेम्बर लायन चिरञ्जिवी अधिकारीले लायनका उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । यसैगरी विशिष्ट अतिथि पास्ट प्रेसिडेण्ट तथा डिष्ट्रिक प्रोग्राम मेम्बर लायन भरत गैरेले अघिल्लो वर्षका पदाधिकारीहरुलाई धन्यवाद तथा नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई शुभकामना प्रदान गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता नि.वर्तमान अध्यक्ष लायन इश्वर गिरीले गर्नुभएको थियो ।यसैगरि लायन्स क्लब अफ बुटवल तिनाउको प्रथम क्याबिनेट बैठक पनि यसै समारोहबिच सम्पन्न भएको छ । वर्तमान अध्यक्ष लायन अरुण खनालको अध्यक्षतामा बसेको सो बैठकमा सदस्यता शुल्क उठाउने, नयाँ सदस्यहरुलाई स्वागत गर्ने तथा लगत्तै क्लबका गतिबिधिहरुलाई क्रियाशिल बनाउने विविध विषयमा छलफल गरिएको थियो ।