RCC (South Region ) NRN NCC USA मा मोहन न्यौपानेको उम्मेदवारी घोषणा

प्रकाशित मिति:

असल नेता, सबल निती र कुशल नेतृत्व एक संस्थाको लागि अत्यन्त महत्वपुर्ण कुरा हो। कुनै पनि संस्था तबसम्म राम्रो र पारदर्सी हुन सक्दैन जबसम्म यो एक योग्य र असल नेतृत्वको हातमा जादैन। अहिले गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको २०२३–२०२५ अवधिको लागि चुनाबी सारगर्मी बढिरहेका बेला यस बिषयमा फेरी एकपटक राम्रो संग सोचविचार गर्ने बेला आएको छ। निर्वाचन आफैमा एक निष्पक्ष, प्रजातान्त्रिक एबम् लोकप्रिय पद्धती हो जसमा सबल, सुधृढ़, पारदर्शी र विश्वसनीय नेतृत्वको अपेक्षा गरिएको हुन्छ। तसर्थ सबै गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका सम्पूर्ण सदस्यहरुलाई यसमा सहभागी भइ आफ्नो अमुल्य अभिमत एक भरोसायोग्य तथा संस्था प्रति बफादार व्यक्तिलाई जाहेर गरिदिनु अहिलेको अपरिहार्य आबस्यकता हो।

मोहन न्यौपाने NRN NCC USA को हकमा कुनै नयाँ नाम पक्कै होइन। वहाँ बिगत लामो समय देखि बिभिन्न तह र तप्कामा रही यस संस्थालाई सहयोग गर्दै आएको र अन्य धेरै संघसंस्थाहरुको माध्यमवाट समाज सेवामा सक्रिय रहेको कुरा सर्बबिधित नै छ। वहाँ पछिल्लो ६ बर्ष देखिको चाप्टरको कुशल नेतृत्व गरेको अनुभव सहित यस पटक NRN NCC USA को SOUTH Regional Coordinator Chair (RCC) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। २०१७ – २०१९ मा Ohio Chapter को Vice-President अनि २०१९-२०२१ र २०२१-२०२३ कार्यकालका लागि Chapter President का रुपमा वहाले सफल कार्यकाल पुरा गरिसक्नु भएको छ। नेपालमा Tribhuvan University बाट English Literature मा M.A., M. Phil गर्नु भएका मोहन न्यौपाने अमेरिकामा Kennesaw State University, Georgia बाट Master’s in Software Engineering (MSSWE) पुरा गर्नु भएको छ। वहाँ अमेरिकाको विभिन्न सरकारी तथा गैर-सरकारी छेत्रमा IT Engineer को रुपमा काम गर्दै आउनु भएको छ। वहाको Chapter President को कार्यकाल मा गरेका महाबीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई ३०००० डलरको सहयोग जम्मा गर्न सफल, Cancer पिडित हिरा सेन लाई गरेको सहयोग, विभिन्न कारणले अकाल मृत्युबरण गरेका नेपाली लाई सहयोग, Ohio का धेरै College तथा University मा आइ अध्यनरत बिद्यार्थी भाई-बहिनीहरुलाई गरेको सहयोग अत्यन्त सराहनीय छन्।

Covid को प्रबल महामारीका बेला उहाले Cincinnati, Ohio मा ब्यक्तिगत पहल मा घरघरमा गइ गरेको सहयोग र ५००० डलर सम्मको आर्थिक संकलन अहिले पनि त्यहाको नेपाली समुदायको मन मस्तिकमा ताजै छ। वहाको आर्थिक सहयोग लाई तत्कालिन ANMF का प्रेसिडेन्ट Dr भुपेश खड्का ले मुक्त कण्ठले प्रसंशा गर्नु भएको थियो। यी अनेकन कारणले वहाँको उम्मेदवारी यस संस्थाको बृहत्तर हित,अनेकन बेमेलहरु बीच एकताको संवाहकता, पारदर्शी, समावेशी एवं विश्वसनीयता को खातिर रहने सर्बस्विकार्य छ। अमेरिकाका विभिन्न सहरहरु Houston Texas, Dallas Texas, Jacksonville Florida, New York, Ohio हुदै हाल वहाँ North Carolina को Raleigh मा बसोबास गर्दै आउनुभएको छ। हो, परिवर्तन अपरिहार्य छ अनि यो हामी सबैको हातेमालो बाट सम्भव छ। हाम्रो यस साझा संस्थालाई समुन्नत एबम् चलायमान संगठन बनाउनु हामी सबैको दायित्व हो। यस महान लक्ष्यमा हामी सबैको सहयोग एवम समर्थन एक जुझारु एबम लगनशील व्यक्तित्वलाई हुनु आजको निर्बिकल्प आवस्यकता हो।