जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री माननीय धनराजगुरुङ लाई स्वागत
न्युयोर्क। आज गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालय उडसाईड न्युयोर्कमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवमनेपाल सरकारका कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री माननीय धनराज गुरुङज्यु लाई यसै फाउण्डेशन अध्यक्ष सोमनाथ घिमिरेलेस्वागत गर्दै Untold Stories & Hidden Truth पुस्तक उपहार दिदै सम्मान गर्नुभएको थियो।सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री उपस्थित हुनुहुन्थ्यो भनेएनआरएनए अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र जि.सी., एनआरएनए अमेरिका न्युयोर्कका नॅंव निर्वाचित अध्यक्ष हेमन्त मल्ल, समाजसेवीश्याम कार्की, बिरेन्द्र मानन्धर, अनिता परियार, प्रभात सापकोटा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथि माननीय धनराज गुरुङज्युले जिपी कोईराला फाउन्डेशन अमेरीकाको प्रशंसा गर्दै अशल टीम र जुझारू नेतृत्वको कारणले अमेरिकामा समाज सेवामा अव्बल रहेकोप्रती गर्व गर्दै आगामी दिनहरूमा उच्च राजनैतिक एवं सामाजिकसफलताको शुभकामना ब्यक्त गर्दै दोस्रो पटक फाउण्डेशनको कार्यालयमा पाईला टेक्न पाउॅंदा अत्यन्तै हर्षित भएको छु, भन्नु भयो।यसै फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले आदरणिय धनराज गुरुङज्युले नेपालमा प्रजातन्त्रको लागी खेल्नुभएको भुमीकावारे स्मरणगराउॅंदै वॅंहा एक प्रजातन्त्रको लडाकुको रूपमा आफुले नजीकबाट चिन्ने मौका पाएको र वहाँको आजै नेपाल को यात्रा तय भएकोले सुरक्षित उडानको शुभकामना व्यक्त गर्नु भयो।फाउन्डेशनका कार्यसमिति सदस्य सुर्य सिंखडाले फाउन्डेशन सदैव प्रजातन्त्रीक र मानवीय कार्यको लागी लागीरहेकोमा जोड दिनुभयोभने अर्का कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले आपदविपद पर्ने जोसुकैलाई पनी फाउन्डेशनको ढोका खुल्ला रहेको बताउनुभयो।
अन्त्यमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले वहाँहरू सबैलाई कार्यालयमा स्वागत गरी छोटो मिठो अन्तर्कृयात्मक छलफल गर्न पाउँदा आफु लगायत फाउन्डेशन परीवारतर्फबाट खुशी ब्यक्त गर्दै स्थापनाकाल देखी आजसम्म फाउन्डेशन परीवारले निरन्तर समाजसेवामा लागीरहेको र निश्वार्थ भावनाकासाथ भविष्यमा पनी समाजको हकहितमा लागीपर्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष घिमिरेलेमाननीय धनराज गुरुङज्युको नेपाल फिर्ती उडान आजै बेलुका रहेको र वॅंहाको हवाई यात्रा सुखद एवं आविष्मरणीय रहोस भन्ने कामनासमेत गर्नुभयो भने फाउन्डेशन परीवारको तर्फवाट यती छोटो समयमा भेटघाट एवं छलफलको हाम्रो निमन्त्रणालाई स्वीकारी समयव्यवस्थापन गरी फाउन्डेशनको कार्यालयमा उपस्थित हुनुहुने सम्पुर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्नु भयो।












