आर्थिक पारदर्शितामा ध्यान दिए देशले कोल्टे फेर्ने छ : मन्त्री गुरुङ

प्रकाशित मिति:

न्यूयोर्क-अगष्ट ३ तारिख २०२३ का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम नेपालसरकारका कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री माननीय धनराज गुरुङ ज्युको स्वागत र सम्मानमा एक भेटघाट तथा छलफलकार्यक्रम सम्पन्न गरेको छ ।

न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति माननीय मन्त्री श्रीधनराज गुरुङले हाम्रो मुलुक नेपालको विकाश नहुनुमा भ्रष्टचार प्रमुख कारण भएको बताउॅदै, सबैले आर्थिक पारदर्शितामा ध्यान दिएदेशले चॅाडै कोल्टे फेर्ने बताए । गैर आवसीय नेपालीका लागि नागरिकता विधयक पारित भैसकेकोले अप्ठ्यारो फुकाउन कानुनबनिरहेको कुरा सुनाउदै, मन्त्री गुरुङले आफू कानुन मन्त्री भएको वेलामा देश र जनताका हितका निमित्त आवश्यक विधयकहरू अगाडिबढाउने समेत बताए ।

बिभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरू, पत्रकार , बुद्धीजीवी, कलाकार लगायत आम न्यूयोर्कवासीनेपाली जनसमुदायको बाक्लो उपस्थितिमा भएको उक्त कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङलेगरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक पूर्व संयोजक कानुनविद तथा समितिकाकानुनी सल्लाहकार श्री खगेन्द्र क्षेत्रीले गरेका थिए ।