प्रतापपुरमा क्याम्पस र विद्यालयको द्वन्दले ११ र १२ को पठनपाठन रोकियो

प्रकाशित मिति:

प्रकाश न्यौपाने
साउन १९ गते
प्रतापपुर गाउपालिकाको बेलाटारीमा रहेको त्रिभुवन क्याम्पस र त्रिभुवन माध्यमिक विद्यालयको द्वन्दका कारणले गर्दा कक्षा ११ र १२ को पठनपाठन संचालन हुन सकेको छैन ।

 

कक्षा ११ मा २ सय ३७ जना र कक्षा १२ मा ३ सय ५८ जना विद्यार्थीको पठनपाठनका लागि ८ वटा कक्षाकोठा आवश्यक पर्ने तर विद्यालय संग कक्षाकोठा नभएको कारण कक्षा संचालन गर्न नसकिएको प्रधानाध्यापक नारद ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार “ ११ र १२ को कक्षा संचालनका लागि कक्षाकोठा अभाव भएपछि त्रिभुवन क्याम्पस समक्ष कक्षाकोठा माग गरिएकोमा क्याम्पसले कोठा उपलब्ध नगराउँदा पढाई संचालन हुन सकेको छैन ।” विद्यालयमा कक्षाकोठा थप गर्नका लागि भवन निर्माणकार्य चलिरहेको र सम्पन्न हुन ६ महिना जति लाग्ने भएकोले त्यस अबधी सम्मका लागि संगै रहेको क्याम्पसलाई कोठा माग गरिएकोमा क्याम्पले कोठा उपलबध नगराएको प्रधानाध्यापक ठाकुरको भनाई छ ।

त्रिभुवन क्याम्पस बेलाटारी अहिले क्युएए प्रक्रियामा रहेको हँुदा क्याम्पसको भवन कुनै पनि हालतले विद्यालयलाई प्रयोग गर्न दिन नमिल्ने क्याम्पस सञ्चालन समितिका अध्यक्ष अमुल पाण्डेले बताउनुभयो । उहाँका अनुसार क्याम्पस अहिले क्युएएको प्रक्रियामा छ । क्याम्पसमा त्रिभुवन विश्वविद्यालय बाहेकका अन्य कुनै पनि कक्षाहरु सञ्चालन गर्न नमिल्ने बताउँदै उहाँले क्युएएलाई अवरोध गर्नका लागि यो विषय अगाडी ल्याइएको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘ क्युएएलाई अवरोध गरी मलाई असफल बनाउन पालिकाका केही व्यक्तिहरु लाग्नुभएको छ, क्यएए नहुँदासम्म स्नाकोत्तर तहको कक्षाको स्वीकृति नपाइने हुँदा कुनै पनि हातलमा विद्यालयलाई क्याम्पसको भवन प्रयोग गर्न दिन सकिँदैन ।’

क्याम्पस अध्यक्ष पाण्डेले कुनै पनि हालतले विद्यालयलाई क्याम्पसको भवन प्रयोग गर्न नदिने बताइँरहदा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले भने कोही कसैको व्यक्तिगत स्वार्थको कारणले विद्यार्थीको पठनपाठनमा अवरुद्ध हुन नपाउने बताउनुभयो । यादव भन्नुहुन्छ ‘विद्यार्थीलाई शिक्षा दिने र पठनपाठन गराउने विषयमा पालिकाले कठोर तथा निर्मम निणर्य लिन सकिनेछ ।’ पालिकाले क्याम्पसलाई १०–४ को लागि कक्षा कोठा उपलब्ध गराउन भन्दै पत्र काट्दा समेत क्याम्पसमा कक्षा ११÷१२ सञ्चालन भए क्याम्पसले क्युएए नआउने भन्दै गैर जिम्मेवारी अभिव्यक्ति दिएको बताउँदै यादवले शिक्षा क्षेत्रमा जिम्मेवारीका साथ प्रस्तुत हुन र विद्यार्थीको शिक्षा हासिल गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न पालिका कठोर भएर अगाडि बढ्ने बताउनुभयो ।

कतिपय विद्यालयमा कक्षा १२ को कक्षा संचालन भएको झण्डै १ महिना वितिसकेको छ भने ११ को १५ दिन भैसक्दा बेलाटारीमा भने कहिले देखी कक्षा संचालन गर्ने भन्ने अन्यौलता कायमै छ । प्रतापपुर गाउँपालिकाले शैक्षिक सत्र २०८०÷०८१ देखी विहान १० बजे देखि दिउँसो ४ बजे सम्म सञ्चालन गराउन लागेको छ ।
कार्यक्रममा त्रिभुवन माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक एवं त्रिभुवन क्याम्पस बेलाटारीका पुर्व क्यामपस प्रमुख सत्यदेव पाण्डे, पुर्व क्याम्पस प्रमुख मुक्तिनाथ पाण्डे, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष गोविन्द पंजियार लगायतले बोल्दै शिक्षामा अनावश्यक राजनैतिकरण नगरी प्रतापपुर क्षेत्रको विकासको लागि क्याम्पस र विद्यालय दुवै सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।