व्यक्ति असल कि खराब कसरी थाह पाउन सकिन्छ ? हेर्नुहोस् आजको नीति वचन
यथा चित्तं तथा वाचो यथा वाचस्तथा क्रियाः ।
चित्ते वाचि क्रियायांश्च साधुनामेक्रूपता ।। –हितोपदेश
मनमा जे छ त्यही बोल्ने र जे बोल्छन् त्यही गर्ने व्यक्ति असल हुन् । मुखले एकथरी भन्ने र व्यवहारमा अर्कै कार्य गर्ने व्यक्ति खराब हुन् ।
सज्जन व्यक्ति मन वचन र कर्ममा एकरूपता ल्याउने हुन्छन् । एक कुरो सोच्ने, अर्कै भन्ने र अर्कै गर्ने प्रवृत्तिका मान्छे कदापि सज्जन होइनन् । मान्छे जे सोच्छ त्यही बौल्छ र त्यही गर्छ भने ऊ सत् पात्र हो । सद् व्यक्ति र संगतयोग्य मान्छे हो । कुरा बनाउदै व्यवहारमा भिन्नता प्रदर्शन गर्ने मान्छे खराब हुन् । अतः सद् व्यक्तित्वका निम्ति मन, वचन र कर्मको प्रतिबद्धता चाहिन्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –










