प्राज्ञिक विद्यार्थी परिषदद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

प्रकाशित मिति:

तिलाेत्तमा ।  प्राज्ञिक विद्यार्थी परिषद नेपाल रूपन्देहीले  तिलाेत्तमा नगरपालिकाकाे काेटिहवा स्थित पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ । विद्यालयमा अध्ययनरत  करीव १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएकाे हाे ।

नेपाल प्राज्ञिक परिषद तिलाेत्तमा नगर समिति अध्यक्ष  प्रकाश चापागाईंकाे अध्यक्षता  तथा  तिलाेत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा पशुपति क्याम्पसका प्रमुख जित बहादुर रास्काेटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्चित श्रेष्ठ, परिषदका राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, राष्ट्रिय सचिव तिर्सना खराल,  केन्द्रीय सदस्यद्वय श्रीधर घिमिरे र श्री बद्री भट्टराई, प्रदेश सचिव आकृति कंडेल, लुम्बिनी प्रदेश सह संगठन सचिव  हरिश बाेहाेरा, विद्यालयका सहायक प्रधानाध्यापक  चक्रपाणी बस्यालकाे सहभागिता रहेकाे थियाे |