माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

स्याङ्जा-मातृभूमि सामुदायिक पुस्तकालय, कालीगण्डकी विर्घाको आयोजनामा अन्तर माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । १६औं पुस्तकालय दिवसको अवसरमा आदर्श वाक्य पुस्तौं पुस्ताका लागि पुस्तकालय लाइ नै शिर्षकको रूपमा लिएर संचालन गरिएको सो प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाका ८ विद्यालयले आफ्नो सहभागिता जनाएका थिए ।वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय बिर्घा अर्चलेका छात्रा राधा पाण्डेय प्रथम, देउराली मा।वि का छात्र विष्णु पाण्डेय द्वितीय र जनहित मा।वि।का छात्रा एन्जिला रानाले तृतीय स्थान प्राप्त गरेका थिए ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।सो अवसरमा गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, वडा नम्बर ४ का वडाध्यक्ष यादवप्रसाद पाण्डे, जनहित माविका प्रधानाध्यापक केशर पाण्डे क्षेत्री, पुस्तकालयका कोषध्यक्ष चुमकला पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यबाहक अध्यक्ष हिमलाल पाण्डेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक र स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पुस्तकालयका सचिव नारायण प्रसाद पाण्डेले गर्नुभएको थियो ।