होराइजन गौतम बुद्ध मा.वि.ड्राइभरटोलमा विभिन्न ५ वटा कार्यक्रम एकै दिन सम्मपन्न गरेको छ । कक्षा १२ बिहानी तथा दिवा समूहमा अध्ययनरत १९६ जना विद्यार्थीहरूलाई होराइजन अन्तर्गतकै संस्था बुटवल मोडेल कलेजको अत्याधुनिक ल्याबमा लगि दोस्रो चरणको होटेल म्यानेजमेन्ट प्राक्टिकल गराउने कार्य सम्पन्न गरेको हो । प्राक्टिकल कक्षामा विद्यार्थीहरूले कन्टीनेन्टल फोर कोर्ष मेनुका आइटमहरू तयार गर्न सिकाइएको थियो । विद्यार्थीहरूले रसियन सलाद, ग्रिल्ड चिकन विद सटे भेजीटेवल, क्रिम अफ टोमाटो सुप, फ्रुट कस्टड जस्ता आइटमहरू बनाउन सिकेको कुरा होटल म्यानेजमेन्ट विषयका प्राध्यापक दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ११ र १२ तर्फका विद्यार्थीहरूको चेस खेल प्रतियोगिताको प्रथम चरणको खेल २०८० भाद्र ८ गते भएकोमा फाइनल प्रतियोगिता भाद्र १५ गते सम्पन्न भयो । जसमा प्रथम स्थान कक्षा ११ विज्ञान विषय समूहमा अध्ययनरत छात्र विजय घिमिरेले प्राप्त गरे भने द्वितीय स्थान कक्षा १२ सेक्सन सी विज्ञानतर्फका छात्र मिलन खत्रीले प्राप्त गरे । यसैगरी तृतीय स्थान कक्षा १२ व्यबस्थापन विषय समूह होटल व्यवस्थापनका विषन डुम्रेले हासिल गरे । प्रथम,द्वितीय एवं तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई विद्यालयको विषेश कार्यक्रममा पुरस्कार वितरण गरिने कुरा अतिरिक्त क्रियाकलाप संयोजक डा. मुरारि पराजुलीले जानकारी दिनुभयो ।
यसैगरी कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई उच्च अदालत दाङ् तुल्सीपुर, इजलास कार्यालय बुटवलमा अध्ययन अवलोकनका लागि पठाइएको कुरा विद्यालयका शैक्षिक संयोजक जिवनाथ भण्डारीले जानकारी गराउनुभयो । यसबाट विद्यार्थीहरूले न्यायपालिकाको काम कार्बाही के कस्तो ठाउँमा ? के कसरी भइरहेको हुन्छ भन्ने कुराको ज्ञान हासिल गरेको कुरा शैक्षिक संयोजकले जानकारी दिनुभयो ।यसैगरी होराइजन गौतम बुद्ध मा.वि.का कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई काठमाडौंबाट विशेष विशेषज्ञ ट्रेनर नितेश घिमिरे (एफ वन सफ्ट एआई लिड कम्पनीका इन्जिनियर) लाई झिकाई पाइथन र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिम दिइयो । जसमा होराइजन ३१ जना विद्यार्थीहरूले तालिम प्राप्त गरेको र तालिम प्राप्त विद्यार्थीहरूलाई प्रमाण पत्रसमेत वितरण गरिएको कुरा कार्यक्रम संयोजक एवं विषय विभागीय प्रमुख अर्जुन अर्यालले जानकारी दिनुभयो ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा मणिग्रामको आयोजना तथा होराइजन गौतम बुद्ध मा.वि.को आतिथ्यतामा डेंगी नियन्त्रण तथा रोकथाममा रेडक्रसको भूमिका विषयक वक्तृत्वक प्रतियोगिता सम्पन्न भयो जसमा १६ विद्यालयका ३२ जना विद्यार्थी सहभागी भए, मणिग्राम उपशाखाका सभापति टेक बहादुर क्षेत्रीको सभाध्यक्षमा, प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति दिपक क्षेत्री न्यौपाने रहेको कार्यक्रमको सञ्चालन प्राध्यापक मोहन मरासिनीले गर्नुभएको थियो । कार्यक्रममा श्री शान्ति नमुना मा.वि. मणिग्रामकी छात्रा सर्वदा विश्वकर्माले प्रथम स्थान, नव ज्योति मा.वि.का छात्र जविक पाठकले द्वितीय स्थान, शंकरनगर दुर्गादत्त मा.वि.का छात्रा हर्षिता घिमिरेले तृतीय स्थान, पामिर इन्टरनेशनल एकेडेमीकी छात्रा आयुष्मा ज्ञवालीले सान्त्वना स्थान, न्यु इन्भार्मेन्ट मा.वि.कि छात्रा विनिशा वगालेले सान्त्वना स्थान प्राप्त गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य होराइजन गौतम बुद्ध मा.वि.का शिक्षक जु.रे.स.का शिक्षक नायक कृष्ण बहादुर क्षेत्रीले दिनुभएको थियो । यसैगरी उक्त कार्यक्रममा शुभकामना मन्तव्य होराइजन गौतमबुद्ध मा.वि.का प्राचार्य गोपालप्रसाद आचार्यले राख्नुभएको थियो । जु.रे.स.द्वारा गरीने सम्पूर्ण कार्यक्रममा आफ्नो र विद्यालयको तर्फबाट सधै सहयोग रहने कुरा राख्दै यस किसिमको कार्यक्रका लागि होराइजन गौतम बुद्ध मा.वि. छनौट गरेकोमा खुसी समेत व्यक्त गर्नुभयो । प्रमुख आतिथ्यता मन्तव्य राख्दै दिपक क्षेत्री न्यौपानेले विद्यार्थीहरूलाई हरेक क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्नुपर्ने कुरा बताउनुभयो ।










