दीपमा तीज गीत तथा नृत्य प्रतियोगिता

प्रकाशित मिति:

भदौ–२२, बुटवल-दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।बेबी किराँतको संयोजकत्वमा सम्पन्न प्रतियोगितामध्ये कक्षा ५, ६ र ७ मा भएको प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय र कञ्चनजङ्घा सदन तृतीय भएका छन् भने कक्षा ८, ९, १०, ११ र १२ मा भएको प्रतियोगितामा अन्नपूर्ण सदन प्रथम, कञ्चनजङ्घा द्वितीय र कक्षा १२ व्यवस्थापन सङ्कायको समूह तृतीय भएका छन् ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष यज्ञप्रसाद पङ्गेनी, सदस्य सीता खनाल र सबिता विक तथा वडा सचिव सुन्दरी आचार्य, उपप्रचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा किशोर थापा, विजया थापा र विपिन ढकालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विजय सापकोटा र बेबी किराँतले संयुक्त रुपमा गर्नुभएको थियो ।कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यालय प्रशासन र व्यवस्थापन समितिका सदस्यहरूले तीज गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।