बालबालिकामा अटिजम समस्या बारे मणिउजेशद्वारा सचेतना

प्रकाशित मिति:

बुटवल  । बालबालिकामा देखिने अटिजम सम्वन्धि समस्याका बारेमा बुटवलमा सचेतना कार्यक्रम गरिएको छ । लायन्स क्लव अफ बुटवल मणिउजेशले आफ्ना लायन्स सदस्य तथा बालबालिकाका अभिभावकहरुलाई अटिजमको समस्या, देखिने कारण र कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम गरेको हो । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलका बरिष्ट बालरोग विशेषज्ञ डाक्टर सन्तोष पोखरेलले बालबालिकामा देखिने अटिजम समस्याका बारेमा जानकारी गराउँदै बालबालिकाको कियर, सुधारका उपाय तथा उपचार पद्धतीका बारेमा सहजिकरण गर्नु भएको थियो ।

डाक्टर पोखरेलले अटिजम हेर्दा समान्य देखिएतापनि यसले भविष्यमा जोखिमहरु निम्त्याउन सक्ने भएकाले यसबारमा सचेत रहनु नै अति आवश्यक रहेको सुझाव दिनुभयो । अटिजम र अटिजम जस्तो देखिने समस्या बालबालिकामा देखिएमा तुरुन्त चिकित्सको सुझाव लिएर बालबालिकाको आनीबानीलाई सुधार गन सहयोग पुग्ने पोखरेलको सुझाव छ । लायन्स क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष रितु गुरुङको अध्यक्षतामा भएको अटिजम सचेतना कार्यक्रमको अवसर पारेर तीज फेलोसीप कार्यक्रम समेत गरिएको थियो ।

मणि उजेशका सचिव सीमा बस्याल पाण्डेको संचालनमा भएको कार्यक्रममा लायन्स होनरी सेल मिरा वझा, डिष्ट्रिक कोचिफ सुनिता बझीमय, एरिया चिफ कल्पना सिवकोटी, चार्टड प्रसिडेन्ट सृष्टि गुरुङ, पुर्व अध्यक्ष शान्ता शर्मा लायन सोनाली गुरुङ लगायतले अटिजमले बालबालिकामा पार्ने समस्या र सचेतनाका बारेमा आआफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रममा लायन्स सदस्यहरुले तीजको दर खाने कार्यक्रम र साँस्कृतीक प्रस्तुती देखाएका थिए ।