जिपी फाउन्डेशन अमेरिकाको कार्यालयमा भेटघाट एवं छलफल

प्रकाशित मिति:

न्युयोर्क:जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालय उडसाईड न्युयोर्कमा आज नेपाल ट्रेड युनीयन कांग्रेसका राष्ट्रीय उप-महासचिव, नेपाल विद्युत प्राधिकरण कर्माचारी संघका केन्द्रीय अध्यक्ष एवं नेपाली कांग्रेस पार्टीको पुर्व महाधिवेशन प्रतिनिधि श्री जनार्दन भट्टराई र फाउन्डेशनका पदाधिकारीहरुवीच भेटघाट एवं समसामयिक बिषयहरूमा छलफल भयो।वहाँलाई बिहान १०ः०० बजे आफ्नो कार्यालयमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी र कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले स्वागत गर्नुभएको थियो।वहाँसगै श्रीमती राधा अर्याल भट्टराई, अभिन पौडेल लगायतका व्यक्तिहरूको उपस्थिती रहेको थियो।

करीव २ घन्टा भएको सो भेटघाट एवं छलफलमा नेपालमा भएका ट्रेड युनीयनका गतिविधि, देसको विकासमा ट्रेड यूनियनने खेल्नसक्ने भुमीका, फाउन्डेशनका समग्र गतिविधि आदी विषयमा आपसी छलफल भएको थियो। छलफलको शुभारम्भ गर्दै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले अमेरीकामा कार्यालय स्थापना गरेदेखी कोरोना कहरको समय र हालसम्म फाउन्डेशनले गरेका सामाजिक गतिविधिबारे संक्षेपमा वताउँदै आगामी दिनहरूमा झनै तदारूकताकासाथ फाउन्डेशन मानवीय सेवामा लागीपर्नेमा जोड दिनुभयो।ट्रेड युनीयन नेता भटराईले नेपालका ट्रेड युनीयनले अमेरीकाबाट प्रसस्त राम्रा कुराहरू सिकेर त्यसलाई व्यवहारमा उतार्दै देशलाई सवलीकरणको मार्गमा डोर्याउन आफुलेपनी सक्दो लागीपर्ने बताउनुभयो। वहाँले हामी नेपालीहरू कम काम र बढी कुरा गर्ने तर अमेरीकीहरू बढी काम र कम कुरा गर्नेगरेको आफुले यो भ्रमणमा पाएको अनुभव पस्कनुभयो।वहाँले नेपालमा प्रजतन्त्र,लोकतन्त्र र गणतन्त्र का खातीर लामो लडाईं लडेको नेपाली कांग्रेसजस्तो पार्टीमा अव जरादेखी टुप्पासम्मै रूपान्तरण हुनुपर्नेमा जोड दिंदै अहिलेको आर्टिफिसियल ईन्टीलिजेन्सको जमानामा अमेरीकाले गरेका चमत्कार र विकासको सकारात्मक सिको सबैले गर्नुपर्नेमा जोड दिनुभयो।

फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले आफुहरू प्रवासमा रहेतापनी फाउन्डेशनमार्फत समाजसेवा गर्दा नेपाल र नेपाली माझनै छौं भन्ने महसुस भएको बताउनुभयो। यसैगरी कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले नेपालका नेता एवं कर्मचारी तन्त्रले अमेरीकाजस्तो मुलुक भ्रमण गरी यहाँका विकास निर्माण एवं सकरात्मक जुनसुकै कुरापनी नेपालपुगेपछी व्यवहारमा उतारी देश निर्माण र विकासमा सहयोग गर्न वहाँमार्फत अपील गर्नुभयो।निकट भविष्यमा वहाँ नेपाल फिर्ता हुन लाग्नुभएकोमा वहाँको सफल भ्रमण र सुरक्षित यात्राको कामनासहित अतिथि गण हरूलाई अन्त्यमा टेष्ट अफ नेपालको स्वादिष्ट नेपाली दिवाभोज गराई सो छोटो समसामयिक एवं सौहार्दपूर्ण कार्यक्रम सम्पन्न भएको थियो।