……..यस कारण गैडहवामा इलाका प्रशासन !

प्रकाशित मिति:

दिपक न्यौपाने-बुटवल । नेपाल सरकारले देशका बिभिन्न ४ ठाउमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो जसमध्ये रुपन्देही पनी पर्छ । रुपन्देहीको मानपकडीमा प्रशासन स्थापना गर्ने अघिल्लो सरकारले निर्णय गरेपनी रुपन्देहीको दक्षिण र पश्चिम क्षेत्रका नागरीकहरुले उक्त ठाउ पायक नपर्ने भन्दै गैडहवामा स्थापना गर्नुपर्ने मागलाइ तिब्रता दिइरहेका मात्र छैनन जुन यतीबेला बहसको बिषय पनि बनेको छ ।

केहिदिन अघी मात्र रुपन्देही क्षेत्र नम्बर ५ का सांसाद बासुदेब घिमिरे र गैडहवा गाउपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल नेतृत्वको टोलीले गृहमन्त्रि नारायणकाजी श्रेष्ठलाइ भेट गरी पत्र बुझाउदै इलाका प्रशासन कार्यालय गैडहवामै स्थापना गर्न माग गरेका थिए । त्यसअघी बिभिन्न समयमा सर्वदलीय बैठकमा पनी यो बिषय चर्को रुपमा उठिरहेको थियो । ३२ वटा वार्डलाइ सेवा दिन सकिने भएकाले जनसङख्याको हिसाबले पनी गैडहवा उर्पयुक्त हुने स्थानीय बुद्धिजिबी तथा युवा नेता सन्दिप गुप्ताको ठम्याइ छ । उनका अनुसार क्षेत्र नम्बर ५ का कन्चन, सैनामैना, गैडहवा, लुम्बिनी र शुद्धोधन सबैलाइ समेट्न सक्ने ठाउ भनेको नै गैडहवा हो जहा ५ पालिका पर्दछन ।
गुप्ताले भने अनुसार नै गैडहवा साच्चि नै इलाका प्रशासन कार्यालय स्थापना गर्नका लागी उपर्युक्त ठाउ हो भन्ने कुरामा शंका भने देखिदैन । जसका लागी पालिका अध्यक्ष सुरेन्द्र पौडेलले पालिकाको बिष्णुपुरामा निर्माण सम्पन्न भएको भवनको तल्लो तला दिन तयार छन । उनका अनुसार करिबन २ लाख ५० हजार जनताहरुलाइ सजिलो र पायक पर्ने सेवा दिने ठाउ गैडहवा नै हो ।
त्यसलै सामाजीक न्यायका लागी पनी गैडहवामै इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने पालिका अध्यक्ष पौडल बताउछन । यसअघि निर्वाचनका लागी निर्वाचन कार्यालय पनी गैडहवामै स्थापना भएको थियो यसले पनि पुष्टी गर्छ कि यो ठाउको बिशेषता र महत्व पश्चिम र दक्षीण क्षेत्रका जनताका लागी अझ खास छ , नेकपा एमाले गैडहवा गाउकमिटीका उपाध्यक्ष रामु रिजाल भन्छन – क्षेत्रियताका हिसाबले पनी गैडहवा सबैभन्दा उपर्युक्त ठाउ हो र यसका लागी हामी सबैले बिशेष पहल गर्नुपर्छ ।