आरके शर्माको पक्षमा उभिदै एनआरएनए सचिवमा लोक दाहालद्वारा उम्मेदवारी घोषणा

प्रकाशित मिति:

गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालको सचिव पदमा लोक दाहालले उम्मेदवारी घोषणा गरेका छन ।हाल एनआरएनएको कोषाध्यक्ष रहेका उनी एनआरएनए अभियानका लोकप्रिय अभियन्ता तथा सफल व्यवसायीको रुपमा चिनिन्छन् ।यसपाली सचिव पदमा उम्मेदवार बन्ने गरी घोषणा गरि अघि बढेको छु’, दाहालले भने, ‘एनआरएनए अभियानलाई एकताबद्ध बनाएर लैजानु पर्ने आवश्यकता छ । उनले एनआरएनको नेतृत्व अब मध्यपूर्वबाट हुनु पर्ने आवाज उठाउँदै आएका छन् । अध्यक्ष पदका प्रत्याशी आरके शर्माले उम्मेदवारी घोषणा गर्दा चीन भ्रमणमा रहेका दाहालले यसपाली मध्यपूर्वबाट उम्मेदवार बनेका शर्माको पक्षमा खुलेर लागेका छन् ।

दाहालले एनआरएनएको अवको नेतृत्व मध्यपूर्वले पाउनुपर्ने बताउदै अध्यक्षमा आरके शर्मालाई समर्थन गरेर अघि बढने बताए ।एनआरएनएले सुरुवातदेखि नै श्रमिकको मुद्धा उठाउदै आएकोमा सबैभन्दा बढी श्रमिक रहेको क्षेत्र मध्यपूर्वलाई यस पटक नेतृत्व दिनु पर्ने बताउदै दाहालले यस अभियानलाई अझ सशक्त बनाउन आफु सचिव पदका लागि अघि सरेको बताए ।युरोप, अमेरिका, जापान, अष्ट्रेलिया सबै क्षेत्रले नेतृत्व लिइसकेको छ, यसैले अहिले संसारभर रहेका नेपालीहरुको चाहना मध्यपूर्वले नेतृत्व पाओस भन्ने छ’, दाहालले थपे ‘मध्यपूर्वमा मजदुरहरु मात्र छन, एनआरएनएलाई हाक्न सक्ने कोही छैनन भनिरहदा यहाँ संस्था हाक्न सक्ने व्यक्तित्वहरु धेरै छन, यसपाली सक्षम व्यक्ति आरके जीलाई जिताउनुको विकल्प छैन ।

एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय दाहालले आफु एकैचोटि नभई स्टेप वाई स्टेप जिम्मेवारी वहन गर्दै अघि बढेको बताए । ‘एनआरएनए अभियानमा विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्भाह गर्दै र अनुभव वटुल्दै अघि बढेको छु, यसैले विगतका अनुभवहरुमार्फत संघको अभियानलाई थप सशक्त बनाउन र संस्था सुदृढ बनाउदै लैजान यसपटक सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । दाहालले भने । धादिङ घर भएका दाहाल बेल्जियमलाई कर्म थलो बनाई नेपालसम्म विभिन्न क्षेत्रका व्यवसायमा सफल हुदै गएका छन् । उनी एनआरएनए बेल्जियमको महासचिव, अध्यक्ष, आइसिसीको सहकोषाध्यक्ष हुँदै हाल कोषाध्यक्षको जिम्मेवारीमा छन् ।