भिम केसीले एनआरएनएको सचिवमा उम्मेदवारी दिने

प्रकाशित मिति:

भिम केसी कमलले गैर आवासीय नेपाली संघ (एनआरएनए) कोनसचिव पदमा उम्मेदवारी दिने भएका छन् । केन्द्रीय निर्वाचनका लागि पोर्चुगलबाट २०२३ – २०२५ का लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।एनआरएनए पोर्चुगलको उपाध्यक्ष, अध्यक्ष, सल्लाहकार बनेर काम गरेको अनुभव उनीसँग छ । केसीले पोर्चुगलमा पर्यटन, ट्रान्सपोर्ट र रेष्टुरेण्ट व्यवसाय गर्दै आएका छन् । जन्मघर बाग्लुङ्ग भएका केसी नेपालमा शिशण पेशामा थिए । उनी शालिन, इमान्दार र कर्तव्यनिष्ठ मानिन्छन् ।

यूरोपको पोर्चुगल कर्मक्षेत्र बनाएपनि उनले प्रवासी नेपालीहरुको हितमा सक्रिय बन्दै आएका छन् । एनआरएनमा डेढ दशक बढी आवद्ध रहेका केसीले प्रवासीले भोग्नुपरेका दु:खलाई नजिकबाट नियालेका छन् ।प्रवासी नेपालीलाई एक्यवद्ध बनाउदै हकअधिकारका लागि आवाज बुलन्द पार्न सचिव पदमा दाबी गरेको माल्टानेपाल अनलाइनलाई बताए । संस्थाको शुद्धीकरण, भावनात्मक एकताको नारा लिएर चुनावी मैदानमा होमिएका छन् ।